ललितपुरमा शुक्रबार विहान ४ बजेदेखि कर्फ्यू


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ १८, २०७७

  • ललितपुर, १८ भदौ । ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो। अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने ।

    यसैगरी ट्राफिक प्रहरीलाई कुटपिट गर्ने १० जनालाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ। दोषिमाथि तत्काल कारबाही गरिने ललितपुरका एसएसपी टेक प्रसाद राइले जानकारी बताए ।

    मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो। विहीबार साँझ बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताए। बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ।

    यस्तै प्रहरीमाथि कुटपिट गर्ने १० जनालाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुमाथि तत्काल कारबाही हुने ललितपुरका एसएसपी टेक प्रसाद राइले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार