कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, २४ घण्टामा थप ११ जनाको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ २२, २०७७

  • corona

    काठमाडौँ, २२ भदौ— नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

    मृत्यु हुने महिलामा काठमाडौँका ३ जना रहेका छन् । ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो ।त्यसैगरी कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

    मोरङका ७६ वर्षीय, सिरहाका ८७ वर्षीय, ६२ वर्षीय,सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेकाा ५९ वर्षीय गरी ७ जना पुरुषको कोरोनाले मृत्यु भएको हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार