रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात रिहा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ २२, २०७७

  • काठमाडौँ, २२ भदौ । गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना आज रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।

    यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती आज रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए । उनले भने, ‘हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ ।’

    ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले आज उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौं । यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।
    रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज केही जनताले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए ।

    प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार