कोशी अस्पताललाई मेसिन हस्तान्तरण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २७, २०७७

  • विराटनगर,२७ भदौ । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरे ।

    निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य रु. ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो ।

    यसले धेरैजनाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा चुमनलाल दासले बताए । मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ । महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको छ । ”जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने र प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउनेछन् ।’ महानगरपालिका प्रमुख पराजुलीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार