पिसीआर परीक्षण शुल्क घट्यो


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, भदौ २८, २०७७

  • लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना भाइरस सङ्क्रमण पुष्टि गर्न जाँच गरिने पिसीआर परीक्षणको शुल्क घटाएको छ । अस्पतालले सोमबारदेखि लागुु हुने गरेर पिसीआर परीक्षण शुल्क घटाएको हो । अस्पतालले यसअघि परीक्षण शुल्क रु चार हजार ४०० लिँदै आएको थियो ।

    अस्पताल विकास समितिको बैठकले हालसम्म लिइँदै आएको शुल्कलाई परिमार्जन गरेको समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिए । गत असार २१ गतेदेखि कोरोना परीक्षण शुरु गरेको प्रादेशिक अस्पतालमा हालसम्म १२ हजार ९७५ जनाको पिसीआर परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । सोमध्ये ९७७ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

    यससँगै अस्पतालले सञ्चालन गरेको कोरोना परीक्षण द्रुत प्रविधितर्फ हाल सम्ममा २८३ जनाको परीक्षण गरिएकामा ६९ जनामा कोरोना पोजेटिभ देखिएको डा। खनालले जानकारी दिए । अस्पतालले शुल्क घटाउनुका साथै अब परीक्षणको दायरासमेत बढाउने जनाएको छ । हाल सञ्चालनमा रहेको परीक्षण मेसिनबाट दैनिक २०० देखि ३०० मात्र परीक्षण हुँदै आएको छ । अस्पतालले दैनिक ५०० सम्म परीक्षण गर्ने गरेर दायरा बढाइएको जनाएको छ ।

    अस्पतालमा आएका सिकिस्त विरामी र उच्च जोखिममा परेकाको हकमा निःशुल्क द्रुत परीक्षण विधिबाट परीक्षण गरिने र रिपोर्ट तत्कालै दिइने गरिएको डा। खनालले जानकारी दिए । अस्पतालले आफ्ना बिरामीलाई प्राथमिकता दिँदै विपन्न वर्गलाई निःशुल्क गर्ने तथा स्वाब लिएको २४ घण्टाभित्र पिसीआर रिपोर्ट उपलब्ध गराउनेसमेत जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार