बलात्कार र महिला हिंसाका विरुद्ध स्थानिय युवा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज २४, २०७७

  • रमेश सापकोटा, रौतहट २४,असोज । नेपालमा पछिल्लो समयमा बढिरहेको महिला हिँसा, बलात्कार र एसिड आक्रमणबिरुद्ध रौतहटका स्थानीय युवाहरुले चन्द्र्पुर चोक (चपुर) मा शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका छन् । आज (शनिबार) बिहान ९ बजेदेखि १० बजेसम्म सयौं युवाहरुले विभिन्न प्ले कार्ड बोकेर चन्द्रपुरमा शान्तिपूर्ण बिरोध जुलुस निकालेका थिए। देशमा दिन प्रतिदिन बलात्कार, महिला हत्या, हिँसा बढ्दै गए पनि सुरक्षा निकाए तथा राज्य सत्ता (सरकार) यसप्रति रमितेको भुमिका निर्वाह गर्दै मौन बसेको भन्दै युवाहरुले आक्रोस समेत पोखेका थिए ।

    कोरोनाको उच्च जोखिमलाई मध्ये नजर गर्दै सामाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न युवा युवतीले किन मौन छौ सरकार ? दिनदिनै बढ्दैछ बलात्कार, हे सरकार देखाऊ इच्छा, खै त देशमा नारीको सुरक्षा ,राष्ट्रपति करोडको गाडीमा बलात्कृतको लास सँधै झाडीमा, के तपाइको सन्तान सुरक्षित छन् , केपि बा देशमा बलात्कार भैराखेको छ तपाइलाइ थाह त छ ? जस्ता प्ले कार्ड बोकेर चन्द्रपुरको मुख्य राजमार्गको केही भु-भागमा मौन जुलस निकालेका थिए । महिला हिँसा, बलात्कार र एसिड आक्रमण जस्ता कार्य बन्द होस्, महिला सुरक्षामा सरकारको ध्यान होस् भन्ने उनीहरुले माग गरेका छ्न् ।

    नेपालमा बलात्कार बिरुद्धको कानुनी ब्यवस्था राम्रो हुन नसकेका कारण बलात्कारका घटना दिन प्रतिदिन बढीरहेको साथै कानुनको फन्दामा परिहाले पनि राजनितीले र पैसाले कानुनलाई समेत असर पार्ने भएकोले बलात्कारहरु कानुनी फन्दाबाट फुत्कने जोखिम एकदमै धेरै भएको कुरा व्यक्त गर्छन् । अभियन्ता जीवन कटुवाल त्यस्तै बलत्कारीहरुलाई सार्वजनिक स्थानमा राखेर मृत्युदण्ड वा त्यही बराबरको सजाय नगरिएसम्म बलात्कार गर्नेहरु नतर्सिने र सचेत नहुने भन्दै आक्रोश पोख्छिन् कार्यक्रममा सहभागी स्थानिय आयुशा आचार्य त्यस्तै अहिलेसम्म निर्मला जस्ता हजारौ चेलिले न्याय नपाएकोमा दु:ख व्यक्त समेत गर्छिन् ।

    ‘स्थानीय सबैले कार्यक्रममा सहभागिता जनाएर कार्यक्रम सफल बनाउन मदत गर्नुभयो ।’ साथै फ्रन्टलाइन नेपालसङ्ग कुरा गर्दै स्थानीय युवा गङ्गा दुलाल भन्छिन् ‘आज साझ ६ बजे बलात्कार बाट मृत्यु हुने सम्पुर्णको आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन पनि गर्ने छौं । हामी युवाहरु अन्याय र अत्याचारको बिरुद्धमा जुनसुकै अवस्थामा पनि आवाज निकाल्न तत्पर रहने छौ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार