थप चार हजारमा कोरोना पुष्टि : सक्रिय ३७ हजार


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ३०, २०७७

  • corona

    काठमाडौँ, ३० असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप चार हजार ३९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार १३७ पुगेको छ ।देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । हालसम्म ८८ हजार ४० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा तीन हजार ५२२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर हाल ३१५ सङ्क्रमितको अतिसघन कक्षमा उपचार भइरहेको तथा ७७ सङ्क्रमितलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको बताइएको छ ।

    प्रदेश नं १ मा ३२ सङ्क्रमित अतिसघन कक्षमा र नौ भेन्टिलेटरमा, प्रदेश नं २ मा १३ सङ्क्रमितको अतिसघन कक्षमा र एक जनाको भेन्टिलेटरमा, वाग्मती प्रदेशमा १७० सङ्क्रमितको अतिसघन कक्षमा र ५८ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० सङ्क्रमितको अतिसघन कक्षमा र चार जनाको भेन्टिलेटरमा, लुम्बिनीमा ५४ सङ्क्रमितको अतिसघन कक्षमा र दुई जनाको भेन्टिलेटरमा, सुदूरपश्चिममा आठ सङ्क्रमितको अतिसघन कक्षमा र दुई जनाको भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा १८ कोरोना सङ्क्रमितको हाल अतिसघन कक्षमा उपचार भइरहेको डा गौतमले जानकारी दिए ।

    हाल देशभर ३७ हजार ३८२ सक्रिय सङ्क्रमित रहेको तथा २५ हजार ४६ सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । होमआइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा चार हजार ६५, प्रदेश नं २ मा ७३२, वाग्मती प्रदेशमा १५ हजार ९६८, गण्डकी प्रदेशमा ९३०, लुम्बिनीमा दुई हजार १६५, कर्णाली प्रदेशमा ७१६ तथा सुदूरपश्चिम प्रदेशमा ४७० छ । हाल चार हजार ८०८ सङ्क्रमित क्वारेन्टिनमा रहनुभएको छ ।

    यस्तै हालसम्म प्रदेश नं १ मा पाँच हजार ७३३, प्रदेश नं २ मा १२ हजार २९१, वाग्मतीमा २० हजार ४९३, गण्डकीमा तीन हजार ५५५, लुम्बिनीमा नौ हजार ५५५, कर्णालीमा तीन हजार १८५ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार १५५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल चार हजार २०३ जना क्वारेन्टिनमा छन् ।

    काठमाडौँमा दुई हजार थप
    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा दुई हजार ४०२ कोरोना सङ्क्रमित थपिएका छने । थपिएकामध्ये काठमाडौँका एक हजार ७८४, ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको स…ङ्क्रमणबाट मर्नेको सङ्ख्या ७१५ पुगेको छ । बिहीबार १९ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार