डोल्पा अस्पतालमा पहिलो पटक भेन्टिलेटर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, कार्तिक ६, २०७७

  • डोल्पा, ६ कात्तिक । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटर जडान गरिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्र जडान गरिएको हो । प्रदेश सरकारका उद्योग,पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बूढा र सामाजिक विकासमन्त्री दल रावलको पहलमा भेन्टिलेटर प्राप्त भएको अस्पतालका प्रमुख डा सिजन रावलले जानकारी दिनुभयो । विद्युतको भरपर्दो सुविधा नभएकाले भेन्टिलेटर सञ्चालन गर्न अक्सिजन सिलिण्डर भरपर्दो हुने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार