चेल्सिका इडेन हाजार्ड अब रियल म्याड्रिडमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ६, २०७५

  • सुजन चालिसे
    काठमाडौँ, साउन ६, क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि उनको स्थान लिनका लागि स्पेनिस क्लब रियल म्याड्रिडले चेल्सिका इडेन हाजार्डलाई भित्र्याउने भएको छ । बिगत लामो समयदेखि रियल जाने चाहना व्यक्त गर्दै आएका बेल्जियन स्टार हाजार्डलाई आफ्नो स्टार खेलाडीको स्थानमा क्लब भित्र्याउन रियल तयार देखिएको छ । बेल्जियम मिडियाका अनुसार उनि रियलमा जाने लगभग पक्का भएको छ ।

    रोलाल्डोका स्थानमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मनका नेयमार तथा एम्बाप्पेलाई पनि भित्र्याउने प्रयास गरेको थियो । तर उनिहरुको पेरिसमै रहने इच्छा तथा विश्वकपको समग्र प्रदर्शनलाई नियाल्दै क्लब हाजार्डलाई भित्र्याउँन तयार भएको हो ।

    रियल म्याड्रिडका भरपर्दा स्टार खेलाडी रोनाल्डो गत हप्तामात्र इटालियन क्लब युभेन्टसमा आबद्ध भएका थिए । त्यसयता म्याड्रिड रोनाल्डोको स्थान लिनसक्ने खेलाडीको खोजि गरिरहेको छ । म्याड्रिडले यसअधिनै भिनिस्कस जुनियरलाई अनुबन्धित गरिसकेको छ भने इन्टर मिलानका स्टार मारियो इकार्डीलाई पनि आँखा लगाउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार