प्रधानमन्त्री ओलीबाट भाइटीका ग्रहण


  • Frontline Nepal

काठमाडौँ, १ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा तिहारको भाइटीका लगाउनुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाइदिनुभयो । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले प्रधानमन्त्री ओलीले एक बहिनीबाट मात्र भाइटीका लगाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार