पूर्वगाविस अध्यक्षको निधन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर १, २०७७

  • दमक, १ मङ्सिर । मोरङको साविक मधुमल्ला गाविसका पूर्वअध्यक्ष काशीनाथ पौडेलको आज निधन भएको छ । ७० वर्षीय पौडेलको उपचारका क्रममा दिउँसो काठमाडौँमा निधन भएको हो । पेटमा समस्या भएपछि उहाँलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियोे । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियोे । पौडेल दमकका सहकारी संस्थाद्धारा सञ्चालित अन्तरसंस्था बहुद्धेश्यीय कृषि उद्योग केन्द्रका अध्यक्षसमेत हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार