थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा ९५७


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर ७, २०७७

  • काठमाडौँ, ७ मङ्सिर । पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।

    योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच हजार ६९९ छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ ।

    सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ३५१ र होम आइसोलेशनमा १३ हजार ६१२ जना रहेका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा ं७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिनुभयो । प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

    यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ जना छन् । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार