पूर्वयुवराज पारसको छातीमा समस्या


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर १०, २०७७

  • चितवन, १० मङ्सिर । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बस्नुभएका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो ।

    शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ । यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए । रेग्मीले भने, ‘उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उनको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।’ इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए ।

    रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार