• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

‘सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइने’


  • Frontline Nepal
काठमाडौँ, ३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताउनुभएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको असर परेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–“अब बल्ल कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।” कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मी, होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्वय बुदिसागर लामिछाने, कोमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा विजय पौडेलले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाका, निजी क्षेत्रका प्रतिनिधि तथा कर्मचारीका विभिन्न सङ्घ्, सङ्गठनका प्रतिनिधीले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो ।
रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
सोमबारदेखि थ्रिकमका दुई वटा नयाँ आउटलेट सञ्चालनमा

सोमबारदेखि थ्रिकमका दुई वटा नयाँ आउटलेट सञ्चालनमा

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली

अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली

थपिए ८८ कोरोना संक्रमित, १३६ भए निको

थपिए ८८ कोरोना संक्रमित, १३६ भए निको

ताजा अपडेट
  • सोमबारदेखि थ्रिकमका दुई वटा नयाँ आउटलेट सञ्चालनमा

  • राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

  • सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

  • आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

  • अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली

  • ज्योति लाइफ इन्स्योरेन्सले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

  • थपिए ८८ कोरोना संक्रमित, १३६ भए निको

  • ‘भ्यालेन्टाइन डे’ का लागि पनि विदेशी गुलाफकै भर

  • दुई करोड हिनामिनाको आरोपमा प्राविधिक सहायक निलम्बनमा

  • श्रृयंका बनिन् मिस नेपाल टिन युनिभर्स २०२१

सम्पर्क

Quick Links

  • राजनीति
  • अर्थ
  • समाज
  • घटना
  • अन्तर्वार्ता
  • देश
  • मनोरंजन
  • खेलकुद
  • शिक्षा
  • विविध
  • स्वास्थ्य
  • धर्म-संस्कृति
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क

© 2021 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology