म्यानचेस्टर सिटी छाेड्दै डेभिड सिल्भा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ११, २०७६

  • काठमाडौं,  असार ११ ।  म्यानचेस्टर सिटीका मिडफिल्डर डेविड सिल्भाले २०१९–२० को सिजनपछि सिटी छाड्ने घोषणा गरेका छन् । सिटीको इतिहासमा सिल्भा निकै नै प्रभावशाली खेलाडी हुुन् । उनले सिटीलाई चारवटा प्रिमियर लिग टाइटल जिताउन लागि सहयोग गरेका छन् ।

    ३३ वर्षीय डेविड सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटीमा आएका थिए । सिटीको सम्झौता सकिएपछि उनी अर्को प्रिमियर लिग क्लबमा आवद्ध हुुनेछन् ।

    “यो सिजन सिटीमा मेरो लागि अन्तिम सिजन हो । मैले दश वर्ष सिटीको लागि खेलेँ, पूरै सिजन राम्रो भयो, अब क्लब छाड्नुुपर्छ,” सिल्भाले भने । उनले क्लबले थप दुई सिजन रहन आग्रह गरेपनि आफूले रहन नचाहेको बताए ।

    “मैले १० वर्ष सिटीमा बिताएँ, धेरै गोलहरु पनि गरेँ तर, मैले गरेको गोलले सिटीलाई च्याम्पियन्स लिग जिताउन सकेन,” उनले भने, “जब म सानो थिएँ, तब मैले  यति सबै कुरा पाउँछुु भनेर सोचेको थिइन । दश वर्षमा सिटीमा रहेर मैले  जे जे प्राप्त गरेँ, खुुशी छुु ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार