तोलामा ६ सयले बढ्यो सुनको भाउ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन २६, २०७७

  • काठमाडौं, २६, फागुन । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार