स्टार्टअप उद्यमीलाई उद्योग मन्त्रालयले पुरस्कृत गर्ने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार १८, २०७८

  • काठमाडौं, १८ असार । उद्यमीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रर्वतनकारी) सम्मान गर्ने भएको छ। नयाँ क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादनमा योगदान दिने उद्योगीलाई मन्त्रालयले सम्मान गर्ने निर्णय गरेको हो।

    चालु आर्थिक वर्षमा नवीनतम ज्ञान, सीप र क्षमताको प्रयोग गरी व्यवसाय चलाउने उद्योगीलाई सम्मान गर्ने भएको हो। यसका लागि उद्योगीले मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखामा विवरण बुझाउनु पर्नेछ। निवेदन असार २३ गतेसम्म बुझाउन सकिनेछ।

    उद्योगले नेपालभित्रै कुनै किसिमको परिवर्तन गरी उत्पादकत्व वृद्धि गरेको हुनुपर्नेछ। उद्योगमा विषय विज्ञको संलग्नता हुनु पर्नेछ। यस्तै उद्योगले नयाँ प्रविधिमा लगानी गरेको हुनुपर्नेछ। यसले समाजमा पारेको सकारात्मक प्रभाव पनि खुलाउनु पर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार