खुल्यो युनियन लाइफ इन्स्योरेन्सको आइपिओ


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २४, २०७८

  • काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सले आजबाट सर्वसाधारणलाई सेयर जारी गरेको छ। कम्पनीले असार २८ गतेसम्म सेयर जारी गर्ने छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको सेयर जारी गरेको हो। अहिले कम्पनीको जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। यसको ३० प्रतिशत साधारण सेयर जारी गरेको हो।

    कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो।

    जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। कम्पनीको आइपिओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल रहेको छ।

    कम्पनीले इक्रा नेपालबाट ट्रिपल बी रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ। इक्रा नेपालले एएए देखि डीसम्म रेटिङ प्रदान गर्दछ। जसले एएए सबैभन्दा राम्रो र डी सबैभन्दा कमजोर संकेत गर्दछ।  कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ   नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो 

    कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिन्छ। अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार