जुम्लादेखी जर्मनीसम्म


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ३, २०७५

  • नरेन्द्र 
    अचेल २५ वर्षिय युवा धन चौलागाईको दौडधुप बढ्दो छ । जर्मन, नेपाली, र अंग्रेजी भाषाको अनुबादकका रुपमा उनी जर्मनी, अष्ट्रिया, स्वीट्जरल्यान्डर अन्य देशका कुनाकुना दौडिरहेका हुन्छन् । त्यहा“ रहने स्वदेशी तथा विदेशीहरु, बिभिन्न कम्पनि र सरकारले समेत उनको सहयोग माग्ने गरेको छ । भाषाप्रतिको त्यही प्रेमले सन् २००९ मा उनले डल्मेट्चर नेपाली नामक भाषा अनुबाद गर्ने कम्पनि पनि सुरु गरिसकेका छन् ।

    जर्मनीको म्युनिख शहरमा सूरु गरिएको डल्मेट्चर नेपालीकम्पनिमार्फतधनलेअनुबादस“गै अड्डा अदालतमा पर्ने गरेका मुद्दा, प्राइभेट तथा सरकारी कार्यालयमा आइपर्ने काम र पथप्रदर्शकका रुपमापनि क्रियाशिल छन् । जर्मन भाषा सम्बन्धि यसरी ब्याबसायिक रुपमा काम थाल्ने उनी औंलामा गन्न सक्ने नेपालीभित्र पर्छन् । जर्मनीस्थित नेपाली राजदुताबासमा काम गर्ने राजेन्द्र स्थापितपछि उनी एक्ला नेपाली हुन् । जर्मनीको म्युनिख विश्वविद्यालयबाट सोसल वर्कमा स्नातकगरेका उनी वर्षेनि पर्यटकहरुलाई घुमाउन नेपाल आईपुग्छन् । यति मात्र होईन सामाजिक सहयोगका काममा पनि उनले हात हालेका छन् । आफू जहा“ रहेपनि उनको मन नेपालमै हुन्छ । जर्मनीमा बिभिन्न च्यारिटी सो कार्यक्रम गरेर त्यसबाट उठ्ने रकम नेपालको हितका लागी खर्चिने गर्छन् । यसपाली नेपालका भुकम्प पिडितहरुका लागी तीन सय घर बनाउनउनी सफल बने ।‘गोरखा, ओखलढुंगा, नुवाकोट जिल्लाका भुकम्प पिडितहरुका लागी नया“ आवास बनाउन सफल भएकोमा खुसीको सिमा नै छैन ।’ उनले सुनाए‘म जहा“ रहेपनि नेपाल र नेपालीहरुका लागी योगदान गरिरहन्छु ।’

    जुम्लाको नुवाकोटमा जन्मिएका धन चौलागाई आफ्नो जीवन कुनै चलचित्रको कथा जस्तै लाग्छ । सानै छ“दा उनले आमा, बुबा गुमँए । परिवारमा दाइ,
    काका, काकी भएपनि पढ्ने, लेख्ने वातावरण पाएनन् । गाइ चराउने, खेतमा काम गर्ने उनको दयनिय अबस्था देखेपछि बाल मन्दिरमा काम गर्ने एक व्यक्तिले उनलाई काठमाडौं ल्याए । जुम्लादेखी नेपालगञ्ज सम्म हवाइजहाज र त्यसपछि बसको यात्रा गरेर उनी काठमाडौं पुगे ।त्यो बेला उनको उमेर ८ वर्ष भईसकेको थियो । तर बालमन्दिरमा ५ वर्ष पुगेकालाई मात्र भर्ना लिईन्थ्यो । ‘जसले मलाई काठमाडौं ल्याउनुभयो उहा“को नाम त याद छैन ।तर मलाई आफ्नो उमेर ५ वर्ष भन्नु भनेर सम्झाईरहनुहुन्थ्यो ।’ हालैको भेटमा उनले सुनाए,‘मैले त्यसै गरें । र, मेरो भर्ना भयो ।’जुम्लादेखी काठमाडौं सम्म ल्याउने ति ब्यक्ति बेलाबेला भेटघाट गर्न आईरहन्थे ।चा“दबाग स्कुलले त्यही बेला एउटा परीक्षा लियो ।

    त्यो परीक्षामा नाम निकाल्नेहरुलाई त्यही पढ्न पाउने ब्यबस्था थियो । परीक्षा दिने ४५ जना मध्ये ५ जनामा पर्न उनी सफल भए ।४ कक्षा सम्म चा“दबागमै पढेका उनी फेरी बालमन्दिरमै फर्के । त्यही बेला उनले बालमन्दिर वेल्फेयर क्लब खोलेर अतिरिक्त क्रियाकलापमा सक्रिय बने । यसै क्लब मार्फत पशुपति बृद्धाश्रममा गएर सहयोग गर्ने, कला, पेन्टिङ जस्ता सिर्जनात्मक काममा लाग्ने, आफ्ना साथीहरुलाई संलग्न गराउन थाले । बालमन्दिरमा रह“दा धेरैका प्रिय थिए । कोही बिरामी हु“दा अस्पताल लैजाने, अस्पतालमा कुर्ने, अफ्ठ्यारो पर्दा अरुलाई सहयोग गर्ने, कार्यक्रम आयोजना गर्दा नेतृत्व गर्ने गर्थे ।

     

    त्यही बेला जर्मनीकी नागरिक डा.रोशी स्रोइटर निरन्तरबालमन्दिर आउने जाने गर्थिन् । र, त्यहाका वालवालिकाहरुलाई सहयोग पनि गर्थिन् । त्यसै क्रममा उनीस“ग धनको बोलचाल, भेटघाट बाक्लिदै गयो । यहा“को अबस्थाबारे उनले बयान गर्थे । सम्बन्ध बिस्तारै राम्रँे बन्दै गयो ।‘माया दिने केयर गर्ने कोही भेटे झैं लाग्यो ।’ त्यो पल सम्झिदै उनले भने । डा.रोशीले धनस“गै बसिरहेकी पोखराकि एक विद्यार्थी अनुराधालाई धर्मपुत्रीका रुपमा ग्रहण गरिन् । त्यसै मौकामा धनलाई पनि छोरा मानेर जर्मनी पु¥याइन् । धनले त्यहीको शिक्षादिक्षा पाए । जर्मन र अंग्रेजी भाषा राम्रँे बनाउ“दै गए ।तर नेपाली भाषा, संस्कृतिलाई पनि उत्तिकै माया गरिरहे । हरेक दिन नेपाली भाषाका समाचार, तथा लेख पढ्ने, युट्युबहरुमा नेपाली भाषामै बनेका डकुमेन्टी हेर्ने क्रम छुटाएनन् । अहिले पनि त्यो सिलसिलालाई निरन्तरता दिईरहेका छन् ।

     

    जर्मनी भाषामा कारिसिमोको शब्दको अर्थ हुन्छ, सकारात्मक ।कारिसिमो स“स्थाका सचिब रहेका धनले जर्मनीमा बिभिन्न च्यारिटी सो कार्यक्रमहरु आयोजना गरेर नेपालका विद्यार्थीहरुका लागी निरन्तर सहयोग गर्दै आईरहेका छन् । नेपालको चिल्ड्रेन्स फ्यूचर अर्गनाइजेसनले बिभिन्न जिल्लाका एक सय ९ जना अनाथहरुलाई पढाईरहेको छ ।बा“की १ सय ८० जना वालवालिकाहरुको पढाईमा सहयोग पु¥याउ“दैै आएको छ । यस लगायत अरु स“स्थास“ग समन्वय गरेर उनी अगाडी बढिरहेका छन् । आफ्ना लागी मात्र होईन उनले नेपालका विद्यार्थीहरुको सुनौलो भविष्यका लागी योगदान पु¥याईरहेका छन् । उनले केही महिना अघि मात्रैधादिङको सुनगाभा एकेडिमीमा पढ्ने १५ जना विद्यार्थीहरुलाई जर्मनी घुमाउने ब्यबस्था मिलाए । तीन हप्ताको त्यो बसाइमा नेपाल र जर्मनीका विद्यार्थीहरुले एक अर्कास“ग धेरै कुरा सिक्ने मौका पाए ।यसपाली तनहु“, नुवाकोट, पोखरा, धादिङ, ओखलढुंगा लगायत अन्य केही जिल्ला पाइलो टेकेका उनीयस्तै रचनात्मक कामहरुलाई निरन्तरता दिन उनी घोत्लिरहेका हुन्छन् । नेपालका बिभिन्न ठाउ कुदिरहेका हुन्छन् ।उनका बारेमा बनेका तीनवटा डकुमेन्टी जर्मनीका टेलिभिजनले प्रशारण गरिसकेका छन् । त्यस्तै जर्मनी, अष्ट्रियाका बिभिन्न पत्रपत्रिका र अनलाइनहरुले उनका बारेमा समाचार, ब्यक्तित्व छापिसकेका छन् ।

     

    धनको सकारात्मक पक्ष भनेको उनी अरुलाई दोष दिएर, गुनासो गरेर बस्दैनन् । बरु आफूले आफ्नो स्थानबाट के सहयोग गर्न सकिन्छ, सधैं त्यसैमा जोड दिन्छन् । राजनीतिमा पनि उनको रुचि छ । समाजसेवा त उनले आफूस“गै अघि बढाएका छन् । हरेक दिनजसो नया“ डकुमेन्ट्री हेर्न छुटाउ“दैनन् । नेपाली गीत, संगीत उनको मुटुमै छ । एक्दै ह“ुदा सुनेर आनन्दित बन्छन् । ‘म जहा“ पुगेपनि के भयो ।’मुस्कुराउ“दै उनले सुनाए, मन त सधैं नेपालमै हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार