फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

अपर हेवा खोला हाइड्रोपावरले आइपिओ जारी गर्दै, कस्तो छ कम्पनी ?


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ ३, २०७९

  • अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा २० करोड बराबरको २० लाख कित्ता सेयर जारी गर्ने भएको हो। कम्पनीकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

    कम्पनीले संखुवासभा जिल्लामा बुट (बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने र पछि हस्तान्तरण गर्ने) मोडल अन्तर्गत ८.५ मेगावाटको रन अफ रिभर अपर हेवाखोला साना जलविद्युत आयोजना बनाइरहेको छ। आयोजनाको प्रवर्धन विभिन्न संस्था तथा पृष्ठभूमिका व्यक्तिहरूले गरिरहेका छन्।

    अपर हेवा खोला हाइड्रोपावरको बोर्डमा ६ जना निर्देशक छन्। कम्पनीका अध्यक्ष केशवबहादुर रायमाझी हुन्। उनीसँग जलविद्युत क्षेत्रमा १० वर्ष र बैंकिङ क्षेत्रको विभिन्न पदमा काम गरेको अनुभव छ। कम्पनीको प्रबन्ध निर्देशकमा देदराज खड्का छन्। उनीसँग जलविद्युत क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ। हाल आयोजनाको ९८ प्रतिशत बराबार काम सम्पन्न भइसकेको छ। एक अर्ब ४० करोड ९० लाख रूपैयाँ लागतको यो आयोजनामा करिब दुई महिना अघिलसम्म एक अर्ब २४ करोड ५० लाख खर्च भइसकेको छ।

    कम्पनीले उत्पादन गर्ने विद्युत सुख्खायामको लागि ८ रूपैयाँ ४० पैसा र वर्षाको समयमा ४ रूपैयाँ ८० पैसामा खरिद सम्झौता गरिएको छ। कम्पनीलाई उसको दीर्घकालिन ऋणको लागि केयर रेटिङ नेपालले डबल बी रेटिङ दिएको छ। कम्पनीले एक महिना अघि पाएको यो रेटिङले दायित्व भुक्तानीको आधारमा कम्पनीको जोखिम मध्यम रहेको संकेत गर्छ। कम्पनीले ९८ करोड ६५ लाख रूपैयाँ यस्तो ऋण लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट