आइसिसी यु–१९ विश्वकप क्रिकेट : नेपालसामु १४६ रनको लक्ष्य


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ १२, २०८०

  • काठमाडौँ, १२ माघ : आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु जितका लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजानफरले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मघतमा ३१ रन बनाए । फरिदुन दवुदजैले २९ तथा हसन इसाखिलले २० रन बनाए ।

    बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार