
चैत १२ , काठमाडौं । कतारमा जारि एएफसी यू-२३ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ। दुवै टोली सुरुका दुई खेलमा पराजित भएर बाहिरिसकेका छन्।
त्यसैले अफगानिस्तान र नेपाल दुवै जितसहित छनोट यात्रा टुंग्याउन चाहन्छन्। नेपाल पहिलो खेलमा ओमानसँग १-० र दोस्रो खेलमा कतारसँग ५-० गोलले पराजित भएको थियो।
पहिलो खेलमा कतारसँग २-० गोलले पराजित भएको अफगानिस्तान पछिल्लो खेलमा ओमनसँग २-१ गोलले निराश भएको थियो। प्रतियोगितामा नेपालले एक गोल पनि गर्न सकेको छैन।
यता अफगानिस्तानले बलियो मानिएको कतारलाई कडा चुनौती दिएको थियो। अफगानिस्तानले दक्षिण एसियाली क्षेत्रबाट खेल्दासम्म उसलाई निकै बलियो टोली मानिन्थ्यो। अहिले उसले दक्षिण एसियाली क्षेत्रबाट खेल्न छाडिसकेको छ।