चेन्नईलाई १ रनले हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख ३०, २०७६

  • काठमाडौं, ३० वैशाख ।  मुम्बई इन्डियन्स इन्डियन क्रिकेट लिग अन्तर्गतको १२ औं सिजनको च्याम्पियन बन्न सफल भएको छ । आइतबार हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित खेलमा उसले चेन्नई सुपर किंग्सलाई १ रनले हरउान सफल भएको छ ।

    खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो  । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बईले विजयको ढोका खोलेको थियो ।

    त्यसअघि चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिएलगत्तै दोस्रो बलमा पनि जडेजाले १ रन लिएका थिए । तेस्रो बलमा वाटशनले २ रन बटुले लगत्तै चौथो बलमा दुई रन लिने क्रममा रन आउट भए ।

    त्यसपछि खेल थप रोमान्चक मोडमा पुग्यो । पाँचौ बलमा ठाकुरले २ रन लिएपछि अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो । अन्तिम बलमा सार्दुल ठाकुर एलबीडब्लू आउट भएपछि मुम्बई १ रनले विजयी भयो ।

    ओपनर वाटशनले सानदार पाली खेलेपनि उनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रन आउट भए । वाटशनले १८ औं ओभरमा क्रुनाल पान्ड्यालाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै कुल २० रन बटुलेपछि चेन्नईको जित सहज बनेको थियो ।

    चेन्नईका ओपनर फाफ डु प्लेसिस र शेन वाटशनले पहिलो विकेटका लागि ४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । क्रुनाल पान्ड्याले चौथो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई क्विन्टन डी ककबाट २६ रनमा स्टम्पिङ आउट गराए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

    दशौं ओभरको दास्रो बलमा राहुल चाहरले सुरेश रैनालाई ८ रनमा एलवी डब्लू आउट गरे । लगतै ११ औं ओभरको तेस्रो बलमा आम्बाती रायडूलाई जसप्रित बुमराहले १ रनमा विकेटकीपर डी ककबाट क्याच आउट गराए । १३ ओभरको चौथो ओभरमा महेन्द्र सिंह धोनी २ रनमा आउट भए  ।  त्यसपछि चेन्नई संकटमा परेको थियो ।

    मुम्बई इन्डियन्सको पछिल्ला ७ वर्षमा यो चौथो जित हो । यसअघि मुम्बई सन् २०१३, २०१५ र २०१७ मा पनि च्याम्पिनय बनेको थियो । यो जितबाट मुम्बई आइपिएलको सबैभन्दा सफल र उत्कृट टिम ठहरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार