रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक ३, २०७६

  • एजेन्सी । स्पेनिस ला लिगमा बार्सिलोना शीर्ष स्थानमा रहन सफल भएको छ। शनिबार राति भएको खेलमा रियल म्याड्रिड नवप्रवेशी क्लब माल्लोर्कासँग १–० ले पराजित भएपछि बार्सिलोना शीर्ष स्थानमा रहन सफल भएको हो।

    रियल पराजित हुनुअघि बार्सिलोनाले एइबारलाई ३–० गोलले पराजित गरेको थियो। बार्सिलोनाका लागि एन्टोनी ग्रिसजम्यानले १३ मिनेटमा, लिओनल मेसीले ५८ मिनेटमा र लुइस सुआरेजले ६६ मिनेटमा गोल गरेका थिए। यता एट्लेटिको म्याड्रिड भने भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकियो।

    लिगमा शीर्ष स्थानको बार्सिलोनाको ९ खेलबाट १९ अंक छ। समान खेलबाट १८ अंक जोडेको रियल दोस्रो स्थानमा झरेको छ। ग्रानडा १७ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको एट्लेटिकोको १६ अंक छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार