ब्राउट हालान्ड डर्टमण्डमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस १४, २०७६

  • एजेन्सी । जारी सिजनको च्याम्पियन्स लिगको समूह चरणमा ८ गोल गर्ने १९ वर्षीय खेलाडी अर्लिन ब्राउट हालाण्ड बोरुसिया डर्टमण्ड पुगेका छन् । अष्ट्रिय फुटबल क्लब आरबी साल्जवर्गबाट व्यवसायीक फुटबल खेलिरहेका युवा स्ट्राइकर हालाण्डलाई डर्टमण्डले २१ मिलियन युरोमा किनेको हो ।

    डर्टमण्ड पुगेका हालाण्डले अब एक हप्ताको १ लाख ५० हजार युरो पारिश्रमिक थाप्नेछन् । उनीसँग क्लबले सन् २०२४ सम्मको लागि सम्झौता गरेको हो । डर्टमण्डले हालाण्ड क्लबमा फिट हुने बताएको छ । शारीरीक रुपमा फिट उनको खेल कौशल पनि राम्रो भएको कारणले गर्दा उनी क्लबको लागि योग्य खेलाडी भएको बताएको हो ।

    हालाण्डले अष्ट्रेलियन बुन्डेसलिगमा १६ खेल खेल्दा १४ गोल गरेका थिए । हालाण्डले नर्वेको राष्ट्रिय टिमबाटसमेत दुई खेल खेलिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार