भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १५, २०७७

  • नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । नयाँ दिल्लीस्थित दिल्ली हस्पिटलमा सोमबार मुखर्जीको निधन भएको हो । कांग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी कोरोना संक्रमण भएपछि अगस्ट १० तारेखमा उनी हस्पिटल भर्ना भएका थिए ।

    मुखर्जीका छोरा अभिजितले ट्वीटमार्फत आफ्ना पिताको निधन भएको जानकारी दिएका छन् । सोमबार अस्पतालमै निधन भएका मुखर्जी केही दिनदेखी कोमामा थिए । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको थियो ।

     

    मुखर्जी पाँच दशकदेखी भारतीय कांग्रेसको राजनीतिमा सक्रिय थिए । राजनीतिमा प्रवेश गर्नुअघि उनी शिक्षण र पत्रकारिता पेशामा थिए । कांग्रेसको सत्ता छँदा उनले अर्थ, विदेश मामला तथा सुरक्षा मन्त्रालय हाँकेका थिए । सन् २०१२ देखी २०१७ सम्म उनले भारतको राष्ट्रपतिका रूपमा शासन गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार