ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस १८, २०७७

  • काठमाडौँ, १८ पुस । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ग्लोबल आइएमई बैंक लिमिटेड आजदेखि आफ्नो स्थापनाको १४औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा÷सञ्जालका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको छ । बैंकको हाल चुक्ता पूँजी करिब रु १९ अर्ब पुगेको छ ।

    प्रस्तावित १४ प्रतिशत बोनसपश्चात करिब रु २१ अर्बभन्दा बढी पुग्नेछ । यस्तै सञ्चित कोष गरी प्राथमिक पूँजी रु २७ अर्ब २४ करोड, कूल निक्षेप रु दुई खर्ब ४९ अर्ब र कूल कर्जा रु दुई खर्ब ११ अर्बभन्दा बढी पुग्नेछ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले सातवटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउण्टर, एक सिडिएस क्लियरिङ काउण्टर रहेको छ ।

    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेटस्, बहराइन, कुबेत, भारत, जोर्डनलगायत मुलुकबाट विप्रेषण भि¥याउँदै आएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न अझ सहज भएको बताउनुभयो । उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर÷एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको उल्लेख गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीको सङ्कटको सारथी बनेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बनेको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार