जब दसैं नजिकिदै जान्छ, तलेजु मन्दिरका पूजारी उद्धब कर्माचार्यको ब्यस्तता उति नै बढ्दै जान्छ । नबढोस् पनि किन ? अन्य बेला सर्बसाधारणका लागी सधैं ढोका बन्द हुने हनुमानढोकास्थित तलेजु मन्दिर दसैंताका मात्रै खुल्छ । २१ वर्षदेखी पूजारीको भूमिका निभाउदै आएका तिनै कर्माचार्य अहोरात्र पूजापाठमा खटिन्छन् । ‘सप्तमिदेखी दशमिसम्म त एकछिन फुर्सदै मिल्दैन ।’ हालैको एक बिहान मन्दिर परिसरमा गफिदै उनले सुनाए, ‘त्यसपछि मात्र हलुका हुन्छ ।’
इतिहास बडो रोचक छ । कोतपर्बपछि तलेजु मन्दिरमा ५४ रागा र ५४ वटा बोकाको बलि दिने प्रचलन बस्यो । पाप मोचनका लागी बलि दिने राणाकालिन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ रागा र ५४ वटा बोकाको बलि चढाउछ । नेपाल आर्मीको हेडक्वाटरबाट मार हान्नका लागी केही व्यक्तिहरु खटाईन्छन् । तलेजु मन्दिर प्रबेश गर्ने पहिला चार वटा गेटहरु थिए । चारैतिर दिशातिर ओहदा अनुसारका व्यक्तिहरुले प्रबेश गर्न पाउने ब्यबस्था थियो । जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पुर्बतिरबाट भक्तपुर, ललितपुर र किर्तिपुरका राजा, पश्चिमतिरबाट सर्बसाधारणले प्रबेश गर्न पाउने ब्यबस्था थियो । देवि, देउता, कुमारी पनि पश्चिमकै गेटबाट प्रबेश गराईन्थ्यो । सन् १९९०को भुइचालोपछि भने अरु सबै गेटहरु बन्द गराएर एउटै मात्र गेट खुलाईयो ।
सर्बसाधारणहरुलाई तलेजु मन्दिरमा पूजाका लागी वर्षमा एक पटक खुल्ला गरिएपनि यहा पूजाआजा भने दिनहु भईरहेकै हुन्छ । बिहान साढे ८ बजेतिर मन्दिर छिर्ने पूजारी कमाचार्य साढे १० बजे सम्म पूजाआजामै ब्यस्त हुन्छन् । कर्माचार्यका अनुसार एउटा पूजा गर्न कम्तिमा ८ जना मानिस संलग्न हुन्छन् । हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देबिको मूर्ति राखिएको ठाउ) मा तीन वटा थर भएका व्यक्तिले मात्र प्रबेश गर्न पाउछन्, कर्माचार्य, जोशी र राजबंशी । त्यसबाहेक अन्य राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन र परियारले मन्दिर परिसरमा प्रबेश गर्न पाउछन् । थर अनुसार नै कामको प्रकृति तोकिएको हुन्छ । कसैको नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । मल्ल बंश र शाह बंशले बिभिन्न पर्वको परम्परा बसाएका थिए । वर्षमा ठूला ७५ र साना २४ वटा पर्वहरु यस तलेजु मन्दिरमा मनाउने गरिएको छ । रोचक त के भने एउटा पर्वमा ४२ जना मानिस त्यो पनि १६ जातको अनिबार्य चाहिन्छ ।
नेपाल आर्मीले चौबिसै घण्टा पहरा दिईरहेको तलेजु मन्दिर राजा महिन्द्र मल्लले बनाउन लगाएका हुन् । यो मन्दिर बनाउन चालिस वर्ष लागेको इतिहास छ । नेपाल सम्बत ६ सय ४३ मा जग हालेर सूरु गरेपनि नेपाल सम्बत ६ सय ८६ मा पूर्ण रुपमा तयार भएको थियो । चौध तले यो मन्दिर त्यो बेला कालिगढहरुले बिना पारिश्रमिक बनाएका थिए । त्यसबेला यसको वरीपरि खेतका फाटहरु थिए । इन्द्रचोकको कान्तेश्वर महादेबको मन्दिरनेर नदीको मुहान थियो ।
तलेजु मन्दिर अन्र्तगत दुइ वटा गुठी छन् । नेपाल सरकारले पुरोहित तोक्छ, ढोके चाहि गुठि कार्यालयले ।
उद्धब सातौं पुस्ता हुन्, जो बिगत २१ वर्ष यता तलेजु मन्दिरको पूजारीको जिम्मेवारी सम्हालिरहेका छन् । त्यसअघि उनका बुबा केशबमानले बि. सं २०११ सालदेखी २०५२ सालसम्म, र, त्यसअघि २०१० सम्म उनकै हजुरबुबा देबमानले त्यो जिम्मेवारी बहन गरेका थिए । यो परम्परा एउटै बंशबाट धानेको छ ।