रोनाल्डोलाई थप खेलको प्रतिबन्ध नलाग्ने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ५, २०७५

  • सुजन चालिसे
    अशोज ५, काठमाडौँ – युभेन्टसको पहिलो च्याम्पियनलिग खेलमा विबादास्पक रातो कार्ड पाएर निरास बनेका युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले अन्य तीन खेलमा प्रतिबन्ध खेप्नु नपर्ने भएको छ । उनलाई लाग्न सक्ने भनिएको प्रतिबन्ध नलाग्ने र च्याम्पियन लिगमा अब उनका पुर्व क्लब म्यान्चेस्टर युनाइटेड सँगको खेलमा उनी उपलब्ध हुने युइएफएको स्रोतले जनाएको छ ।

    गत बुधबार राति भएको भ्यालेन्सियासँगको खेलमा बिपक्षि खेलाडीलाई टाउको सुम्सुम्याएकै कारण रेफ्रिले उनलाई रातो कार्ड देखाएका थिए । रातो कार्ड पाउनलायक फल नगरेता पनि रातो कार्ड पाउँदा उनी चकित हुँदै निन्याउरो अनुहार पारी बाहिर निस्केका थिए ।

    बिपक्षि टोलीका म्यानेजर तथा सम्पुर्ण फुटबलप्रेमीले यसको बिरोध गर्दै युइएफएलाई दबाब दिएका थिए । यो निर्णयप्रति असन्तुस्टि जनाउँदै रोनाल्डोकी दिदिले भनेकी छिन्, यो मेरो भाइको बिरुद्धमा भएको षड्यन्त्र हो । धेरैले उसलाई गिराउँन चाहन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार