किरण तिम्सेना
संघीय चुनाव नजिकिदै छ । यसपालि मंसिर ४ मा हुने चुनावको मतपरिणामले व्यापक रुपमा नयाँ पुस्ताले जितोस् भन्ने आम जन अपेक्षा छ । नेपाली राजनीतिमा सकारात्मक उथलपुथल हुनुपर्छ भन्ने आम नेपालीको चाहना छ । स्थानिय तहमा स्वतन्त्र उम्मेदवारको जितले संघीय चुनावमा उठ्न युवाहरुलाई हौसला मिलेको छ ।
नेपाली राजनीतिको बिडम्बना ‘तँलाई टंक कार्की’ बनाईदिन्छु भन्ने नेताहरू पनि भेटिए । भित्तामै पुर्याइदिन्छु भन्ने नेताहरू पनि भेटिए । व्यवस्था जोगाउन आन्दोलन गर्दा ‘नाटकै हो, नौटंकी नै हो’ भन्ने नेताहरू पनि भेटिए । अर्काथरी फरक राजनीतिक विचारधारा बोक्नेहरुले ‘कम्युनिस्टहरु बाझेको हामीलाई फाइदा नै हो ।’ त्यसैले हामीले गठबन्धन तोड्नु हुँदैन भन्ने नेताहरू पनि भेटिए ।
तर, नेपाल बनाउनुपर्छ । जनताको अवस्था उकास्नुपर्छ । बिदेशिएका आफन्तजनलाई स्वदेशमै गरिखाने वातावरण बनाउनुपर्छ । राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्छ भन्ने सोचाइ बोकेका नेताहरु भेटिएनन् । समाजमा दलिय व्यवस्था र दलहरुप्रतिको आक्रोसले एउटा गती लिदैछ । युवाहरूमा राजनीतिप्रति बितृष्णा जागेको छ । वर्गसंघर्ष छाडेर कुर्सी संघर्षमा रमाएकाहरु, दलाल पुँजिपतिको डेरामा ऐस आरामको जिन्दगी जिएकाहरु, दिनरात विभिन्न दुतावासका नुनपानी पिएकाहरु, हरेक हप्ता राज्यकै ढुकुटीबाट दौरा सुरुवाल सिएकाहरुको व्यबहार र कार्यसम्पादन शैलीदेखि नागरिक वाक्कदिक्क भएको अवस्था छ ।
नेपाली दाजुभाइ/दिदिबहिनी बेरोजगारी र अशिक्षाका कारण बिदेशिन बाध्य छन् । दलाल पुँजीवादको जालोमा बेरिएर आफ्नो जीवन जिउन बाध्य छन् । आफ्नो जिन्दगीको सबैभन्दा सुनौलो क्षणहरु आफ्नै परिवारका बिचमा रम्नुपर्ने उमेरमा अर्काको देशमा पसिना चुहाउन बाध्य छन् । विश्वका विभिन्न कुनामा रहेका, घुमेका वा विश्व परिवेश बुझेका नेपालीहरुको केही प्रश्नलाई यहाँ समेट्ने कोशिष गरेको छु ।
युवालाई देशमा बस्ने वातावरण बनाउन युवाहरू नै नेतृत्वमा आउनुपर्छ । आजको पुस्ताको भावना बुझ्न सक्ने, समय सापेक्ष निर्णय लिनसक्ने, हरेक आरोह अबरोहको सामना गर्नसक्ने अध्ययन, घुमफिर, सिर्जनात्मक पाटोको कदर गर्न सक्ने, राष्ट्रिय पुँजी निर्माण गर्न उल्लेख्य भुमिका खेल्न सक्ने र स्वतन्त्रताको सम्मान गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।
१) चीनका किसान किन खुसी छन् ? हाम्रा किसान किन दु:खी छन् भन्ने बारेमा कहिल्यै कसैले सोचे ?
२) नर्वेका मजदुर किन खुसी छन् ? हाम्रा मजदुर किन दु:खी छन् भन्ने बारेमा कहिल्यै कसैले सोचे ?
३) स्विडेनको शिक्षा नीति किन विश्वकै उत्कृष्ट छ । हाम्रो शिक्षा निति किन गए गुज्रेको छ भन्ने बारेमा कहिल्यै कसैले सोचे ?
४) भुटानको पर्यटन ऐन विश्वमै उत्कृष्ट छ । हाम्रो पर्यटन ऐन २०३५ आजसम्म किन शंसोधन भएन भन्नेबारेमा कसैले सोचे ?
५) भारतका सडकहरू चिल्ला हुँदै गर्दा हाम्रो वरिपरि किन सडकमा खाल्डाखुल्डी भन्नेबारेमा कसैले सोचे ?
६) लक्जेम्बर्गमा सार्वजनिक सवारीसाधन सित्तैमा उपलब्ध हुँदा हाम्रोमा पेट्रोलको मूल्य सधैँ किन तेब्बर छ भनेर कसैले सोचे ?
७) क्युबामा हरेक चेलीहरु सुरक्षीत छन् । तर, हाम्रोमा दिनहुँ बलात्कारका घटना किन घटिरहेका छन् भनेर कसैले सोचे ?
नेपालमा यसरी सोच्ने, बुझ्ने र मनन् गर्ने नेता समाजले कहिल्यै पाएन । सधैँ वर्ग शत्रुको नाममा वा अनेकौं प्रोपोगान्डाका आधारमा दाजुभाइ/दिदिबहिनी लडाएर आफ्नो स्वार्थपुर्ती गर्ने नेताहरू मात्रै पायौं भन्ने सोचाइ माथिका प्रश्न गर्नेहरुको छ । उदाहरणका लागि कै पप गीत गाउने एउटा गायकले स्टेजमा राम्रो गीत गाएछन् ।
मिडियाले हेडलाईनमा लेखेछ – फलानो गायकले स्टेजमा आगो लगाए
हेडलाईन थोरै साहित्यिक थियो । झट्ट हेर्दा वा सुन्दा ओहो १ आगो पो लगाएछ भन्ने हल्ला फैलियो । गायकले मीठो गीत गाए भनेर लेख्ने मिडियालाई कसैले ध्यान नै दिएनन् । समाचारमा के छ वा समाचारको सन्देश के हो भनेर बुझ्ने समय कसैसँग भएन वा जरुरी सम्झेनन् । दिन बित्दै गयो, समाचारको राप घट्दै गयो ।
अब पालो पुस्ता हस्तान्तरणको हो । त्यसैले अब म मतदान गर्ने बेलामा बुद्धि पुर्याउनेछु । म मेरो भोट मेरो पुस्तालाई नै दिनेछु । परिवर्तनको ढोका खोल्नेलाई दिनेछु । समाजलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउनेलाई दिनेछु । मेरो भोट मेरो पुस्तालाई ।
पछि अर्को मिडियाले लेख्यो, फलानो स्टेजमा आगो लगाएको गायकले फेरि ढिस्कानो स्टेजमा आगो लगाए । बिचरा गायकले गीत गायो । आगो भने मिडियाले लगायो । हाम्रो देशको राजनीति पनि यस्तै छ । समाजमा राम्रो कर्म गर्नेहरुलाई भन्दा समाजमा आगो लगाउनेहरुलाई हामी नेतृत्व सुम्पिन्छौं । राम्रो कर्मको लेखाजोखा गर्दैनौ । स्टन्टको पछि दौडिन्छौं । पटक–पटक निरास बन्छौं । फेरि कोहि नयाँ स्टन्ट मास्टर आउँछ चटक देखाउँछ फेरि पत्याउँछौ । फेरि निरास बन्छौं ।
टोलेहरुको सरदार, ब्युरोक्रेसीको खरदार अनि दुतावासका हवल्दारले लालसलाम/जय नेपाल भन्दिएपछि समाजवाद आयो भन्ने भ्रम भएकाहरु रहुन्जेल नेपाल बन्दैन । नेपाल बनाउने हो भने भ्रमको खेती बन्द गर्नुपर्छ । भ्रमको खेती बन्द गर्न भ्रम फिजाउने कारखानाहरु बन्द गर्नुपर्छ । भ्रम फिजाउने कारखानाहरु बन्द गर्न ती कारखानाका साहुजीहरुको साम्राज्य पल्टाउनपर्छ ।
कुनै मुद्दामा लेफ्ट हुनुपर्छ । कुनैमा राइट । सधैँ लेफ्ट भएर पनि चल्दैन । सधैँ राइट भएर पनि दाल गल्दैन । समाजको आरोह–अवरोहलाई बुझ्नुपर्छ । समाज चिन्नुपर्छ । कुनैपनि समाजको विकास लेफ्ट वा राइटले मात्रै गरेका छैनन् । लेफ्ट राइट लेफ्ट राइट गर्दै समाज अगाडी बढेको हुन्छ । होस्टेमा हैंसे गर्दै समाजले आफ्नो गती लिएको हुन्छ । समाजप्रति चिन्तन बोकेका, समाजको अध्ययन गरेका अनि समाजकै निम्ति समर्पित युवा नेताहरू नै आजको हाम्रो समाजको आवश्यकता हो ।
युवालाई देशमा बस्ने वातावरण बनाउन युवाहरू नै नेतृत्वमा आउनुपर्छ । आजको पुस्ताको भावना बुझ्न सक्ने, समय सापेक्ष निर्णय लिनसक्ने, हरेक आरोह अबरोहको सामना गर्नसक्ने अध्ययन, घुमफिर, सिर्जनात्मक पाटोको कदर गर्न सक्ने, राष्ट्रिय पुँजी निर्माण गर्न उल्लेख्य भुमिका खेल्न सक्ने र स्वतन्त्रताको सम्मान गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।
सबैको बारेमा सोच्नेहरु लिडर हुन्छन् । आफ्नो मात्रै सोच्नेहरु डिलर हुन्छन् ।
अब पालो पुस्ता हस्तान्तरणको हो । त्यसैले अब म मतदान गर्ने बेलामा बुद्धि पुर्याउनेछु । म मेरो भोट मेरो पुस्तालाई नै दिनेछु । परिवर्तनको ढोका खोल्नेलाई दिनेछु । समाजलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउनेलाई दिनेछु । मेरो भोट मेरो पुस्तालाई ।