कोरियामा एक नेपालीद्वारा आत्महत्या


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ ३, २०७४

  • सोल — कोरियामा एक नेपालीले आत्महत्या गरेका छन् । नेपाल फर्किनका लागि टिकट लिइसकेका महोत्तरी बर्दिबास घर भएका २५ वर्षिय प्रकाश थापा मगरले झुण्डिएर आत्महत्या गरेका छन् । बुधबार आफू काम गर्ने कम्पनीको पछाडि झुण्डिएको अवस्थामा उनको लास फेला परेको छ ।
    मृतक मगर सात महिना अघि कामको खोजीमा कोरिया पसेका थिए । उनको शव पोछान अस्पतालमा राखिएको छ । घटनाको पूर्ण विवरण नआइसकेको नेपाली दूतावासले जनाएको छ ।

    कपाल झर्ने समस्या आएपछि मगरले डाक्टरलाई देखाएका थिए । आफूलाई क्यान्सर भएको आशंकामा उनी चिन्तित बनेका थिए । त्यही समस्याका कारण उनी घर फर्किन लागेका थिए । साथीहरुसँग पनि उनले सम्पर्कबिच्छेद गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार