अन्तराष्ट्रिय मन्चमा नेपालको उत्कृष्ट प्रदर्शन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक १०, २०७६

  • काठमाडौं । नेपाल तेक्वान्दो एसोसिएसन र नेपाल तेक्वानदो प्रदेश ३ को टिमले मलेसियामा भएको एमबिडब्लू एन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप र थाइल्यान्डमा भएको था ना पा इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

    नेपाली खेलाडीले मलेसियामा आयोजित एमबिड्ब्ल्यु इन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसिपमा ७ वटा गोल्ड र दुइ वटा ब्रोन्ज र थाइल्याण्डमा आयोजित थानपा इन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसिपमा तीन वटा गोल्ड, चार वटा सिल्भर र दुई वटा ब्रोन्ज हात पारेका थिए ।

    नेपालबाट बिशाल क“डेलको नेतृत्वमा जम्मा १५ जना खेलाडीको समूहले भाग लिएको थियो । पदक जित्ने नेपाली खेलाडीमा रोजी गिरी (स्वर्ण), रमिला खत्री (स्वर्ण), दिपिका चाम्लिङ (स्वर्ण), मरियम लामा (स्वर्ण), रोनश गिरी (रजत), मनोक जङ (रजत), सार्थक न्यौपाने (रजत), रिवाज (रजत), सिजनबहादुर कु“वर (कास्य) र सुजन प्रधान (कास्य) छन् ।

    बिभिन्न सात वटा देश कोरिया, नेपाल, अस्ट्रेलिया, अमेरिका, सिंगापुर, थाइल्याण्ड, भारतबाट प्रतियोगिहरुले भाग लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार