कोरोना भाइरस आतंक कि महामारी ?


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ १९, २०७७

  • तुलसी राम भुसाल
    संसारमा समाजको क्रमिक विकासको विभिन्न चरणमा सयौं यस्ता चरणहरु आए र गए । तर यस्तो सामाजिक दुरी कायम राख्नुपर्ने विकराल रुप सायद पहिलो चोटी नै होला । विभिन्न कालखण्डमा भएका महामारीका विरुद्ध समाजले एउटा छुट्टै खालको कानुन निर्माण गथ्र्याे । सायद कालान्तरमा गएर यस्ता तत्कालीन महामारीको नियम र कानुनहरु वर्तमानमा हाम्रो परम्परा र संस्कृति बनेका पनि हुन सक्छन् ।

    कोभिड १९ जस्तै महामारी विश्वमा पहिलो चोटी हैन । र, थिएन । यस्ता रोग, व्याधिहरु बारम्बार विभिन्न स्वरुपमा आइरहेको थिए । र, छन् । १९ औं शताब्दीको अन्त्यतिर हाम्रै समाजमा हैजा र विफर जस्ता महामारिमा रोगीहरुलाई छुट्टै छाप्रो बनाएर एकान्तवासमा राखेका उदाहरणहरु प्रशस्तै पाइन्छन् । कुनै पनि समाज, देश एवं धार्मिक तथा राजनीतिक विचार र सिद्धान्तले जनतालाई घरभित्रै थुन्ने नियत विगतका महामारिहरुमा भएका थिएनन् ।

    तर, आज पँुजिवादको उन्माद, उत्कर्षले गर्दा मान्छे घरभित्रै वन्देज हुन बाध्य पारिएका छन् । बिगतका बिभिन्न महामारिलाई हेर्दा कुनै पनि नयाँ भाइरसहरुको फैलावट र यसले मानव जीवनमा पार्ने असर वा मुत्युदर पछिल्ला बर्षहरुमा बढ्दै गएको देखिन्छ भने मानवजातिले पनि रोगजन्य महामारीबाट बच्न र बचाउन खानपान र जीवनशैलीमा परिवर्तन गरिएको पाईन्छ । साथसाथै रोगव्याधीवाट बच्न मानव पुर्खाहरुले जडिबुटीको विकासदेखि रासायनिक एन्टिबायोटिक औषधिहरूको विकास गरेका छन् ।

    एकातिर मानवजाति रोगहरुलाइ जितेर अजम्वरि हुने सपनाको भ्रममा भौतारिरहेको छ भने अर्कोतिर प्रकृतिले नयाँ–नयाँ रोगहरू, युद्धहरू र प्राकृतिक प्रकोपद्वारा संसारको व्यवस्थापन गरिरहेको छ । विगतका महामारिहरुको अध्ययन गर्दा कोभिड १९ त्यति ठूलो प्राण घातक महामारीको रुपमा देखा परिसकेको छैन । यो एउटा सदावहार फ्लुको रूपमा देखा परेको देखिन्छ । जनवरी २०१७ मा एक अनुसन्धानको आधारमा प्रकाशित पछिल्लो शोधका अनुसार विश्वव्यापी प्रतिदिन करीव १५०,००० मानिसहरू विभिन्न रोगले मरेका हुन्छन् । बिरामीहरू कुन कारणले विश्वमा दैनिक रुपमा मृत्यु भएको छ । सबैभन्दा घातक रोग कुन हो ? विश्वका वैज्ञानिकहरू र स्वास्थ्यकर्मीहरू जानकार भएतापनि उनीहरू किन यि पुराना प्राणघातक रोगहरूको निर्मुल गर्नतिर नलागेर एउटा लुको पछाडी दौडिरहेका छन् ? सोचनिय विषय बनेको छ ।

    (स्रोत :- httpsM//www=weforum=org/agenda/2020/05/how-many-people-die-each-day-covid-19-coronavirus/_)
    माथि उल्लेखित ग्राफिकले विश्वव्यापी रूपमा सयौं रोगहरूबाट दैनिक मृत्युको कारण बनेता पनि मुख्य १० प्राणघातक रोगहरूवाट हुने मृत्युको संख्या प्रदान निदृष्ट गर्दछ । विगतका शोधहरुलाइ आधार मानेर गरिएको तथ्याङ्कले २०२० जनवरी यता हरेक दिन मानिस मरेका कारणहरू तलको बक्सवाट जानाकारी प्राप्त गर्न सकिन्छ ।

    (स्रोत: https//www=weforum=org/agenda/2020/05/how-many-people-die-each-day-covid-19-coronavirus/_)

    आज विश्वमा करिव एक तिहाई मृत्युहरुको कारण हृदय रोग भएको पाइन्छ । सरसर्ती हेर्दा सर्ने रोगहरुको तुलनामा भन्दा नसर्ने रोगहरू नै बढी मृत्युको प्रमुख कारण रहेको देखिन्छ । यद्यपि यसरी मृत्यु हुने गरेको कारणहरुको प्रमुखतामा न सरकार, न स्वास्थ्यकर्मी, र न मिडियामा यसको धारणा वा समाधान गर्ने उपाय झुल्किन्छ ।

    नेपाल, कोरोना आतंक र राजनिति अन्जानमै नेपाल आज एसियामा लेवर जनशक्ति उत्पादन गर्ने मुलुकको रुपमा देखा परिसकेको छ । फलस्वरूप नेपालीहरु विश्वका विभिन्न मुलुकमा छरिएर विभिन्न पेशा व्यवसाय सञ्चालन गरेर देशमा रेमिट्यान्स भित्रिने मुख्य माध्यम बनेका छन् । कोरोनाको कहरसँगै विभिन्न देशहरूबाट रोजगारी गुमाएर स्वदेश फिर्ता हुने नेपालीबाट देशमा कोरोनाको असर बढ्ने कुरा स्वभाविक नै थियो । छ र, हुनेछ । देश तथा को आर्थिक अवस्था सुधार्न भारत खाडी मुलुक लगायतका देशहरूमा काम गर्ने नेपाली जसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने जनता र विश्वमा विकसित कहलएका मुलुकमा उच्च शिक्षा हासिल गर्न प्रतिव्यक्ति मासिक हजारौं अमेरिकी डलर खर्च गर्ने नेपाली जनताको बिचमा सरकारले कोरोनाको आतंकको वेला गरेको विभेदकारी हर्कतको जतिसुकै निन्दा गरे पनि कमि हुनेछ ।

    पहिलो पटक नेपाली जनताले माक्र्सवादको नाममा कथित गरिव तथा दु:खी वर्गको दुई तिहाई सरकारको नाम लिदै गरिव जनतालाई नै सरकारले गरेको दर्दनाक अन्याय र नेपाली राजनीतिको नग्नता प्रदर्शन भोगेको छ । जब २०७६ चैत ११ गते देखि देशभित्र कोरोना भाइरसको कारण देखाउँदै लकडाउन भयो तब घिनलाग्दो राजनितिक हर्कतले सिमा नै माग्यो ।

    लकडाउन भएको १ हप्ता नहुँदै भोट र राजनिती केन्द्रीत समाज सेवा, भ्रष्टाचार केन्द्रीत सरकारी संयन्त्र, हुँदाहुँदा चुनाव केन्द्रीत राहत बितरण जतिसुकै खेद र भत्सर्ना गरे पनि कमि हुनेछ । सायद सभ्यताको मानव जीवनमा साधारण र श्रमजिवी जनतामाथिको यो अन्यायलाई नेपाली इतिहासको पानामा भुल्न नसकिने अमिट छाप हो । देशभित्रका जनता आफ्नै देशमा कर्मस्थलवाट आफ्नो घर जान राती–राती मोवाइलको जुनकिरीको जस्तो उज्यालोमा नानीवावूहरु र सामान काँधमा बोकेर सयौं किलोमिटर हिंड्न बाध्य पार्नुका साथै, प्रशासन, हरेक चोक र जिल्ला किल्लाका नाकाहरुमा उनीहरुलाई रोकी केरकार गरिएका तस्विरहरु निकै हृदयविदारक छन् ।

    जुनवेला जनतालाई मनोवल चाहिएको थियो, सरकार भ्रष्टाचारमा तल्लिन भयो भने प्रतिपक्षको छाया सरकार पनि सत्तापक्षकै लाइनमा विकिरह्यो । भोटको वेला मात्रै हो नेताहरुलाई जनता चाहिने यिनिहरुलाई सम्झिने, भोकको वेला होइन रहेछ । कोरोना आतंक यति उर्लियो कि गाउमा जनता नामक जनार्दनहरुले बाटो घाटोमा ढुङ्गामुढा तेर्साएर कोरोना रोकेको भनि समाजसेवाको ढोल पिटे, मेलापात गर्ने किसानहरुलाई समुहमा काम नगर्नु भन्ने उर्दी जारी गरे । केन्द्रदेखी स्थानियस्तरसम्म सबै मुर्ख र उदन्ड जनप्रतिनिधीहरु, जसले केन्द्रमा बिदेसीको इसारा र स्थानिय स्तरमा केन्द्रीय इसारामा सरकारहरु संचालन गरे । यसरी नै संचालन गर्नु थियो भने स्थानिय सरकार के का लागी बनाइएको थियो ?

    साथै शान्ती सुरक्षाको जिम्मा लिएको प्रहरीद्वारा कोरोना आतंककै लागि भारतिय प्रहरीको सिको गर्दै काम विशेषले घर वाहिर निस्केका जनतामाथी मात्र नभै कर्तब्यपालक डाक्टरमाथी समेत सुम्ला बर्साउने काम भए । अहिले लकडाउन मात्र अन्त्य गरिएको हो, कोरोना अन्त्य भएको छैन भनि अझैपनि आतंकमा राख्न खोजिदैछ ।

    विश्वको अर्थतन्त्र र व्यावसाय कोभिड १९ को असर विश्वका हरेक वर्ग र क्षेत्रमा परेको छ । लकडाउन नभएका मुलुकमा समेत डर एवं आतंकको प्रभावले विश्वका आधा जनसंख्या लगातार करिव ३ महिनासम्म घरभित्रै वन्देज हुन वाध्य भए । जसले गर्दा उत्पादनमा मात्र होइन विश्वकै ब्यापारमा समेत कै सबैभन्दा ठूलो धक्का लाग्यो । तर, कोरोना भाइरसको आतंकसँग सम्बन्धित व्यापार भने एक हजार गुणा बढिले फष्टाएको देखिन्छ । वास्तविकता भन्दा नमिठो अनुभुति हुन सक्छ, पुँजिवादको विकृत रुप यो हो जहाँ जसरी पनि पुँजि निर्माण गर्ने दाउपेच मात्र प्रमुख विषय बन्छ ।

    यहाँ मृत्यु हुने प्रमुख कारणलाइ लुकाएर डरको व्यापार गरिन्छ । कोरोनाको कहरमा संसारका केहि विकसित तथा पुँजिवादी राष्ट्रहरूले अविकसित देशहरूमा स्वस्थ सामग्रीहरु महंगो मूल्यमा बिक्री गर्ने गतिलो माध्यम बनेको देखिन्छ । साथै विकसित मुलुकहरू (पहिलो विश्व) भनिन्छ । ती राष्ट्रहरूले अविकसित देशहरू (तेस्रो विश्व) मा जस्तो पुर्ण देसै ठप्प हुने खालको लकडाउन गरेनन् । संक्रमित ठाउमा मात्र विशेष सावधानी अपनाइयो । पहिलो विश्वका उत्पादनहरु आंशिक वा पूर्ण रुपमा संचालन भैरहेका थिए र छन् । तर, आज विश्वमा आयात निर्यात र पर्यटनसँग सम्बन्धित व्यवसायहरु ठप्प प्राय: नै छन् । वास्तवमा विश्वमा कोरोनाको आतंक सिर्जना गरियता कोरोनाले भन्दा आत्महत्या, आतंकवाद, दुर्घटना र प्राकृतिक प्रकोपहरूको धेरैको मृत्यु भयो ।

    तर, आज पुँजिवादको उन्माद उत्कर्षमा विश्वले वास्तविकता भन्दा बिज्ञापनमा विश्वास गर्ने रहेछ । फलस्वरूप विश्वका केही कुलिन उद्योगपतिहरुले विश्व स्वास्थ्य संगठनको माध्यमबाट आफ्नो व्यापार व्यावसाय व्यापक रुपमा विस्तार गर्न सफल भएका छन् ।

    महामारीबारे विज्ञान र धर्मको दृष्टिकोण आजसम्मकै विश्व इतिहासमा रोगका कारणले मानिसहरू यसरी घरभित्रै वन्देज भएको पहिलो घटना हुन सक्छ । विश्वमा यसरी एकैचोटी विश्वभरका मानिसलाई घरभित्रै भुल्न सक्ने आयोगको विज्ञापनरुपी संयन्त्रलाई मान्नैपर्छ । जङ्गली युगमा जस्तो मान्छेसँग मान्छे डराउनुपर्ने मानसिकता विकास गर्न सक्ने आजको विज्ञानलाई मान्नै पर्छ । मानव विकासको दशौं हजार बर्ष पार गर्दा कुनै पनि मानव विकासको चरणमा जीवन संरक्षणका नाममा यस्तो विभेदकारी निर्णय कहिल्यै भएको थिएन ।

    विश्व स्वास्थ्य संगठनको नामबाट आर्थिक र वैचारिक रुपमा सम्पन्न राष्ट्र तथा व्यक्तिहरु एवं उद्यमीहरुलाई आफ्ना दैनिक जीवनयापनका लागि कुनै रोकतोक नहुने, तर गरिब निमुखा राष्ट्र तथा व्यक्तिहरुलाई मानसिक रूपमै रोकतोकको लागि अग्रसर बनाइनु पुँजीवादी वर्ग चरित्रको नमुना नै हो । एक्काइसौं शताब्दीको युगमा संसारका मान्छेलाई एकैचोटी डर पैदा गर्न सक्नु अचम्म लाग्दो त आफैमा छँदैछ र विज्ञान र विकासलाई समेत चुनौती थपिएको देखिन्छ । मानव जातिहरुलाई विगतका विभिन्न वैज्ञानिक तथा धार्मिक दर्शन हरुले जीबनयापन माध्यमहरू सिकाएर नगएका भने होइनन् ।

    तर, आज ति दर्शनहरुलाई व्यवहारमा लागू गर्न आजको मानवमा क्षमता र सामर्थ्य नभएकै हो त ? हामी डार्बिनको विकासवादी सिद्धान्तले के भन्छ भन्ने जानकार नभएका पनि होइनांै । मानिस अथवा कुनै पनि प्राणी यो संसारमा जबसम्म उपयुक्त हुन्छ, तबसम्म प्रकृति र इकोसिस्टमले बचाउँछ । अथवा संसारका लागि जव उपयुक्त हुँदैन प्रकृतिले नै अटोमेटिक रुपमा यसलाई नयाँ रुप दिन्छ वा लोप पनि गर्न सक्छ । हरेक कुराको उत्पत्तिसँगै त्यसको अन्त्य पनि अनिवार्य नियम हो ।

    द्वन्द्वात्मक भौतिकवादले भन्छ । आज विश्वमा विकासका नाममा थुप्रै प्राकृतिक स्रोतसाधन र खनिज पदार्थहरु उत्पादन र प्रयोग भैरहेका छन् । जसले इकोसिस्टममा प्रभाव पारिरहेको छ । पृथ्वीले आफ्नो क्षमताभन्दा बढी भार थेग्न नसक्ने नियम पनि छँदैछ । आजको मान्छेले मात्र चाहेर वा नचाहेर सम्पूर्ण मानव जीवनलाई बचाउन या ध्वस्त पार्न सक्दैन । यो एउटा भ्रममात्र हो । वैज्ञानिक अवधारणालाई मान्ने हो भने पनि यो सबै प्रकृतिक इकोसिस्टमले निर्धारण गर्दछ । प्रकृतिको विकासवादी सिद्धांन्तलाई आधार मान्ने हो भने हिमयुगदेखिका मानवहरु लोप हुँदै आज नयाँ, विकसित र आधुनिक मानव जीवन विकास भएको छ ।

    त्यसैगरी विश्वमा विगतका ठूला–ठूला डाइनोसर जस्ता जीवजन्तु लोप पनि भएको छ । अब हामी धर्मशास्त्रको विश्लेषणतिर जाउ । आजसम्म संसारमा रहेका कुनैपनि धर्मले प्रलय, आत्मा र पुनर्जन्म वा पुनर्जिवनका विषयमा विश्वास गर्दछन् । प्रलय भनेको पृथ्वीकै ध्वस्त हुने र नयाँ विश्व संरचना र नयाँ युगको शुरुवात तथा विकास हुन्छ भन्ने कुरा हिन्दु धर्मका धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

    हिन्दू धर्मका अनुसार अहिले कलियुग चलिरहेछ । कलियुगमा मान्छेले मान्छेलाई मान्छेको व्यवहार गर्दैन । मानव समुदाय थुप्रै खालका विकृति र विसङ्गतिहरुले थलिएको हुन्छ, कलियुगको उत्कर्षले प्रलयको निर्धारण गर्छ भनिएको छ । हुनसक्छ विश्व स्वास्थ्य संगठनले भने अनुसार यो महामारी नै हो, मानव जीवन संकटमा छ । र, धर्मशास्त्रले भनेअनुसार यो कलियुगको अन्त्य भएपछि सत्ययुगको सुरुवात हुन सक्छ । आखिर डरको भुमरीमा बसेर संसारको इकोसिस्टमको गति त परिवर्तन हुने होइन । यो गतिलाई वैज्ञानिक माध्यमबाट मानवीय जीवनमा प्रयोग एवं समायोजन गर्ने हो ।

    उपसंहार विज्ञानले भन्छ यदि प्रकृतिले चाहेमा मानविय विकास १ मिनेटमै विनास पार्न सक्छ । धर्मले भन्छ, बेलाबेलामा संसारमा संकट र विकृति विसंगतिलाइ संहार तथा समायोजन गर्न भगवानले आफ्ना विभिन्न रूप लिएर आउँछन् । हामी धर्म र विज्ञान जे जता विश्वास गरेता पनि प्रकृतिले आफ्नो क्षमता अनुसारको जनसंख्याको समायोजन गर्न विभिन्न रोगब्याधी, महामारी, प्राकृतिक प्रकोप, आतंकवाद, दुर्घटना, आत्महत्या आदि मार्फत गरिरहेको हुन्छ ।

    मानव जीवन यस्तो जीवन हो । जुन जीवन संसारका सम्पूर्ण प्राणि भन्दा उत्कृष्ट, संबेदनसिल, विवेकी र बिकसित प्राणी हो । मानव जाति स्वतन्त्र, स्व–विवेकी र स्वच्छन्दकारी प्राणी हो । तर, आज कोरोना भाइरसको महामारीको नाममा विश्वका जनतालाई सामाजिक रुपमा घुलमिल नगर, पेशा व्यवसाय बन्द गर, घरभित्रै बस नत्र प्राणघातक रोग कोरोना लाग्दछ भन्ने भ्रम छरिएको छ । र, यहि भ्रमलाई अनुशरण गरिएको छ ।

    कोरोना भाइरस माहामारी हुन सक्ला । तर, कोरोना भाइरसको कारणले मात्र विश्वको दैनिक मृत्युदरमा १५ को पनि मृत्यु नभइरहेको अवस्थामा यो प्राणधातक हुन सक्दैन । यो भाइरस दिर्घरोगीहरुलाई भने मृत्युको कारणको उत्प्रेरक हुन सक्छ । अबको मानव जीवनको पाटो यो भाइरससँग भागेर डराएर होइन, संगसँगै जुधेर दैनिक जीवनमा सहज ल्याउन मानवीय सुरक्षणको उत्तम उपाय हो ।

    मेरो विचारमा ‘Prevention is better than cure’ को नाममा विश्व जमातलाई आतंकित पार्न र आतंकित हुन आवश्यक छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार