-
एलिजा ढकाल
देश प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन पश्चात् दोश्रो चरणको निर्वाचनको पुर्व सन्ध्यामा छ । चुनाबको माहोल कतै उत्साहजनक छ भने धेरै ठाउमा मतदातामा नेता र राजनीतिप्रतिको आक्रोश छ । म निर्वाचनका क्रममा मत माग्न धेरै ठाउँ पुगें ।
भोट हालेर के पाइन्छ ? चुनाबमा भोट माग्न मात्र आउने, चुनाबपछि हाम्लाइ फर्केर नहेर्ने ? भन्ने प्रश्न धेरैको मुखबाट सुन्न पाइयो । जनताले समाज र देश बिकासका कुरा भन्दा चुनाव केन्द्रित केन्दृत प्रश्नहरु बढी गरे । आजसम्म भोट हालेर मैले के पाए ? यस्ता प्रश्न बारम्बार सुन्नमा आयो । जनतामा नेताप्रती चरम असन्तुष्टि छ । राजनीतिक ब्यवस्था परिवर्तनपछि देशले जति बिकास र समृद्धि प्राप्त गर्नुपर्ने हो, तुलनात्मक रुपमा त्यति भएको छैन त्यस्तोमा असन्तुष्टि अपेक्षित नै छ ।
जनताले संकटकालदेखि भुकम्पसम्मका आफ्ना दु:ख र पीडाका कुरा पनि धेरै सुनाए । मैले जनतामा नैराश्यता उत्पन्न हुनुको कारण बेरोजगारी पनि हो भन्ने कयौं उदाहरण पनि पाए ।
अरु सबै कुरा त आवश्यक र स्वभाविक नै लाग्यो तर भोट माग्ने क्रममा यस्ता कयौं प्रश्न सुनिए जुन अपेक्षित थिएनन् । नेतालाइ जनताले गाली गरेको यत्रतत्र सुन्न पाइन्छ । जनताले नेतालाइ भ्रस्टाचारीको ट्याग लगाउछ्न् । म आफैं पनि कति कुरामा नेता गैरजिम्मेवार बनेको पाउछु ।
तर भोट माग्दा पैसा दिने पार्टीलाई, नेतालाइ भोट हाल्ने होझ भनेर कतिपय जनताले दिएको अभिव्यक्ति सुन्दा मलाइ जनताले नेतालाई भ्रष्ट भन्ने अधिकार गुमाए जस्तो लाग्यो । भोट किन्न खोज्ने नेता, बेच्न तयार हुने जनता, चुनाब त ब्यापार भएछ ! तँ भन्दा म के कम भन्ने सिद्धान्त अपनाएछन् जनताले । नेतालाइ सुधार्न नसके आफैंले बाटो बिराउने, कस्तो अचम्म ! मतदान मतदान, दान गर्ने मत मतदान नभएर मत बिक्री भएछ ।
आफ्नो र आउदो पुस्ताको लागि भन्दा क्षणिक रुपमा सोच्ने भएछन् जनता । आफ्नो मतदान गरे समाज बन्छ भने, देश बन्छ भने, दान गर्ने कुरा मनले गर्ने हो, खुसिले गर्ने हो । आफ्नो मनले योग्य ठहर्याएको ब्यक्तिलाई गर्ने हो भन्ने सिद्धान्त कतिले भुलेको जस्तो लाग्यो । गाउँमा त युवाको खडेरी जस्तै छ । अलि पहुँच पुग्ने ठाउका युवा चुनाव खर्च पाए जुनसुकै पार्टीको प्रचार गर्न तयार भेटिए । विचार भन्दा पैसा भएको मान्छेको वरिपरि घुमेको देखियो युवापुस्ता चुनावका बेला केहि पैसा पाउँदा सन्तुष्ट हुने मध्यकै कयौं युवा चुनावपछि आफुले नै जिताएका नेताले रोजगारीको अवसर सृजना गरेनन् भन्ने गुनासो गर्छन् ।
जव बेला थियो तब भविष्य नसोच्ने, नेताको पछि लाग्ने अनि नेताले बिगारेको देश भन्ने ? युवा पुस्ता जिम्मेवारीमा झन् बढी चुकेको भान् मैले मात्र होइन, निर्वाचनमा मत माग्न गएमा हामी धेरैले गर्यौं । एक मतले आफ्नो भविष्य कोर्छ भन्ने धेरैले भुलेका रहेछन् । भुलेको वा भुल्न खोजे जस्तो गरेको, बुझ्न सकिन । जनतामा निराशा भन्दा बढी स्वार्थ भेटियो । तिमीहरुलाई पटकपटक जिताएकै हो, के गर्यौ त ? अब त पैसा दिए भए मात्र भोट हाल्ने हो । हो, हामी भन्दा चुनाव केन्द्रित थिए प्रश्नहरू । आज पैसा लिएर क्षणिक फाइदामा भोट हाल्न तयार हुने अनि भोलि नेताले काम गरेनन् भन्ने ? चुनावका बेलामा भएको त्यही खर्च परिपुर्ति गर्न नेताले ५ बर्ष भ्रष्टाचार गर्छ । अनि यिनै भोट बेच्नेहरु नेतालाइ भ्रष्टाचारी भन्न पछि हट्दैनन् ।
नेतालाई जनताले गालि गरेर आक्रोश पोख्दा, आरोप लगाउदा, गुनासो गर्दा मलाई अचम्म लागेन । नेताको पछाडी चाहिँ गल्ती सम्झि-सम्झि गाली गर्नेहरू नेता अगाडी हुँदा गाली गर्नु त कता हो कता उल्टै क्यामेरा निकालेर मन्द मुस्कानका साथ सेल्फी खिच्दै देखिए १ चुनाव प्रचारका क्रममा यो देश बिग्रनुका दोषी नेता मात्रै होइनन्, जनता पनि हुन् भन्ने प्रशस्त उदाहरण भेटिए । जनताको जिम्मेवारी नेतालाइ आरोप प्रत्यारोप गर्ने मात्र होइन नेताले हालेको समृद्धिको जगमा इट्टा थप्ने पनि हो । आफू जिम्मेवार भएर मात्र अरुको गैर-जिम्मेवारीमा प्रश्न उठाउनुपर्छ भन्ने मेरो ठम्याइ छ ।