चुप लागेर नबसौं


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १५, २०७७

  • अस्मिता भट्ट

    आज हामीजस्ता लाखौं महिला दिनानुदिन बलात्कृत भइरहेका छन् । कोहि आफ्नै आफन्त, साथी र परिवारबाट भने कोहि अपरिचितबाट । यति मात्र कहाँ हो र ? बलात्कृत भएसँगै मारिनेको संख्यामा पनि कमि आएको छैन । दिनदिनै यस्ता अपराध र अनेकौं अराजक गतिविधि क्रमश: भैरहँदा पनि हामी किन चुप छौं होला ?

    हाम्रो मौनता नै सायद कता कता हाम्रो कमजोरी भैरहेको छ । हामी मौन भएर नै अपराध गर्ने मानिसहरु आफूले केही नगरेको जसरी शिर उचो गरेर हिंडिरहेका हुन्छन् । सबैजना मौन रहने अनि आफैभित्र गुम्सिने, दबिने र तड्पिनाले गर्दा होला आत्महत्या गर्नेको संख्या पनि दिनानुदिन बढदै गईरहेको छ ।

    आखिर हामी कहिलेसम्म चुप र मौन रहने ? यस्ता बिकृती रोक्न हामीसँग कुनै उपाय छैन र ? के हाम्रा चेलीबेटी र हामीमाथि हुने दुव्र्यवहार अहिले जस्तै गरि सधैँ सहिरहने हो त ? कतिसम्म र कुन हदसम्म दबिएर बस्ने हामी ?

    ठिकै छ, आज म चुप बसौंला । तर, यसको मतलब यस्ता बिकृतीहरू रोकिने त होइनन् नि । भोलि मँ जस्ता कैयौं युवतीहरूमा पनि मँ जस्तै चुप रहने बानी बस्छ । त्यसैले मौनता तोड्ने कदम चालौं । आफ्नो मौनतालाई तोडौं । र, चुपचाप हरेक नकारात्मक दृष्टि र विचारलाई स्वीकार नगरौं । कसैले हामीमाथी खराब दृष्टि मात्र पनि लगाउँछ भने तत्काल कडा जवाफ फर्काऔं ।

    जब हामी र हाम्रो अस्मितामाथी कसैले हानथाप र दाग लगाउने प्रयत्न गर्छ भने जोडतोडका साथ त्यसको बिरोध गरौं । आफ्नो हितका लागि आवाज उठाउन सक्षम बनौं । आफ्नै आफन्त तथा परिवारबाट पनि यस्ता घटना हुँदैछन् भने आफू आफैभित्र दबिएर कदापि नबसौं । आफ्नाबाट यस्ता क्रियाकलाप हुँदा अरुले के सोच्छन्, के भन्छन् भन्नेतिर ध्यान नदिऔं र आफ्नो लागि आफै लड्ने, आफै बोल्ने बानी बसालौं ।

    जबसम्म हामीँ चुप रहन्छौ तबसम्म अरुको खराब दृष्टि हामीमा परिरहन्छ ।

    तर, जब हामी  बोल्छौं कसैले चाहेर पनि हामीमाथि खराब नजरले हेर्न सक्दैन । त्यसैले सुरुवात आफैबाट गरौं । अरुको भर र साथ नखोजौं । चुपचाप बसेर खराब कुरालाई प्रोत्साहन नगरौं । हामी गलत काम नगरौं । अर्कोले गर्छ भने त्यस्ता गलत कामका विरुद्ध बोलौं ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार