प्रिय पुरुषहरु, आउनुस् सोच बदलौं


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, भदौ २१, २०७७

  • हरि थापा 

    हिजो जसरी चल्यो भोली त्यसरी नचल्न सक्छ । परिवर्तन जरुरी छ र त्यो समय अनुसार परिवर्तन हुन्छ नै । जसरी सिस्टम परिवर्तनको लडाईमा राज्य र विद्रोही पक्ष लडे अब सोच परिवर्तन गर्नको लागि को सँग लड्ने आफू सिवाय ! जतिसुकै विभेद छैन भनेर छिपाउन खोजे पनि छर्लङ्ग देखिन्छ मित्र टिपी तिमिल्सिनाले लेखेका थिए । कस्तो ज्वाइँ रोज्ने रु त्यो विद्यमान आर्थिक प्रणालीले निर्धारण गर्छ । नजन्माउनु (छोरा रोज्ने सामाजिक मान्यता जो छ) छोरी जन्माइसकेपछि हुनेखानेलाइ नै दिनुपर्छ भन्ने अनपढहरु होइनन् डिग्रीधारीहरु नै हुन् । त्यहाँमाथी जात त मिल्नैपर्यो

    प्रेम पनि तहगत छ , जातीय छ , यो आर्थिक मामिलाको उपज भएको छ । कुनै ठेकदारकि छोरीले कुल्लीसँग प्रेम गर्नु , दलित युवतीले बाहुन युवक मन पराउनु वा शहरकी केटी गाउँले केटी गाउँले केटालाई मन पराउनु जिन्दगीलाई जोखिमतिर ठेल्नु हो। यसैले ६ नम्बरवाला ज्वाइँ नेपालमै हल्लीरहेको छ ।

    जुन देशमा यस्ता उत्पिडन विभेदको लागि बलिदान भयो त्यहि विषय अझै उस्तै छ मुख्य मुद्धा नै उस्तै भएपछि सामान्य मुद्धा के भएको होला हामी सजिलै अनुमान लगाउन सक्छौ ।

    त्यो भन्दा भयानक महिला र पुरुषको सङघर्ष अझ भनु पितृसत्ताको रवैया त भन्नै परेन् । समय निक्कै ढिला भईसक्यो । महिला पुरुष बीचको जुन भेदभाव, विभेद, असमानताको खाडल छ, खुलेर आउनुस् पुरुष मित्रहरु। अब गए गुज्रिएका मानसिकताबाट अलिकति माथि उठौँ र खाल्डो पुरौँ । हामी नराम्ररी पल्टिसकेका छौँ। यत्रो बल्ड्याङ खाँदा पनि चेत नखुले माथि उठ्ने दुस्साहस नगरे हामी कलंकित कहलिने छौँ ।

    समानता र विभेद सिर्फ लिंग र योनीको वरिपरि घुमिरहेको हो भने एकछिन त्यसलाई अलि पर राखी दिमाखको पर्दा खोलेर सोच्न थालौँ । संसारका सक्षम महिलाहरुको बारेमा अध्ययन गरौँ, हामी कहाँ निर छौ । हाम्रो स्तर स्पष्ट देखिने छ। महिलाहरुलाई जुन दृष्टिकोणले हेरिरहनु भएको छ, एकछिन मौन भई सोच्नुस् । अझ महिला पात्र भएर अनुभूति गर्नुस् ।

    यति भनेपछि तपाई अब पात्रमा डुब्नु भयो होला । अब डुबिरहनु पर्दैन। म सँगै सररर हिंड्नुस्, तर मनन् चाहि पक्का गर्नुस् । अर्को कुरा महिलालाई महिला मात्र सोच बनाएर हैन आफ्ना वरिपरी रहेका दिदि बहिनी, आमा र काखे छोरीलाई नियाल्नुस् । के हामी उनीहरुको जीवन जसरी अन्य महिलालाई सोचिरहेका छौँ, त्यस्तै हुन दिन्छौ त रु हामी चाहन्छौँ त अब फेरि यहाँनेर एक पटक रोकिनुस् । मनले मनलाई साक्षि राखेर सोध्नुस् ।

    महिलाहरुको बुलन्द आवाज र गुनासोलाई सुन्ने मात्र हैन, अब व्यवहार पनि परिवर्तन गरौँ। यदि अब पनि समानताको नारामा अल्झिन पर्यो भने अबको युद्ध महिला र पुरुष विभेदको कारण हुने छ। सबैले एक पटक प्रश्न अरुलाई हैन आफैँलाई गर्न पर्ने बेला आएको छ। मैले किन आम महिलाको सफलता र क्षमतालाई सहजै स्वीकार्न सकिरहेको छैनरु जरुर यो प्रश्न पनि एक पटक सबैले गर्नुहोला ।

    इतिहासको कुरालाई ध्वस्त पार्ने होइन, त्यसबाट हामीले समयअनुकूल सिक्ने हो, ज्ञान आर्जन गर्ने हो र केहि प्रयोगमा परिमार्जित गर्ने हो । समय परिस्तिथिअनुसार अविरल बग्ने नदीहरुले पनि आफ्नो धार परिवर्तन गर्दछ। जसरी महाराजको छोरा कंशमा अहंकार थियो। उसको घमण्ड अहंकारले गर्दा जन्मदिने बाबुलाई समेत कालो कोठरीमा कोच्दियो। राज्यसत्ता कब्जा गर्यो । उसो त सत्य युगमा असुरहरुले पनि महिलालाई नजर अन्दाज गर्थे र वरदानमा समेत अबला महिला बाहेक आफ्नो मृत्यु संसारको कुनै अस्त्र शस्त्र देविदेवताबाट नहोस् भनेर बरदान माग्थे ।

    शक्तिशाली असुरको समाप्त गर्न त्रिदेवले समेत नसकेपछि ह्रारगुह्रार गर्न माता९ महिला० कहाँ पुग्थे र जगतको कल्याणको निमित असुरको समाप्त गर्न अनुरोध गर्थे र शक्तिशाली असुरहरुको मृत्य अबला भनिने महिलाको हात बाट हुन्थ्यो । खैर।।।कंशले बैनी देवकी र बासुदेवलाई कैयन वर्ष उसैगरी जेलमा सडायो। उसलाई पश्चातापको समय आउला भन्ने पटकै थिएन। मृत्युलाई स्वीकार गर्ने तर नहार्ने अन्तिम संकल्प थियो । अन्तमा देवकीको सन्तानबाट मृत्यु स्वीकार गर्नु पर्यो ।

    हस्तिनापुरको राजा सन्तानु गंगा पुत्रले आफ्नो बाबुको प्रेम सत्यवतीसँग भएको सहयोगीबाट थाहा पाएपछि यमुना पारी दशराजकोमा गई बाबुको खुसिको लागि ब्रम्हाचारी बस्ने निर्णय गर्यो ।

    माथि देखाएको दुई पुत्र एउटाले आजिवन जन्म दिने बाबुलाई जेल कोच्यो। एउटाले बाबुको लागि त्याग गर्यो। समयमा हामीले अहंकार दम्भ त्याग्न सकेनौँ भने पश्चाताप सिवाय अरु केहि हुने छैन र प्रायश्चित गर्न लायक पनि हुने छैनौँ ।

    केही कंश प्रवृतिका पुरुष भएपनि केही गंगापुत्र भिष्म जस्ता त्यागी असल पनि छन् भन्ने निष्कर्ष हो। हामीले सामाजिक सञ्जालमा देखेको खिसिट्युरी लडाई चरित्रहत्या । विचार नहुनेहरु, बहस गर्न नसक्नेहरु, सधै लुकेर हिलो छ्यापिरहन्छन् । चेत भएकाहरु कहिले पनि पछाडिबाट चरित्रहत्या गरी मानिसलाई नंग्याउदैनन् र मलाई लाग्दैन कि कुनै महिलाले रीस उठ्यो भन्दैमा पुरुषको घिन लाग्दो नग्न तस्विबर सामाजिक सञ्जालमा पोष्ट्याउँछन् । बरु उनीहरु तर्किन्छन तर हर्कत गर्दैनन् । पुरुषहरु ठीक विपरितका हुन्छन् । विभिन्न काण्ड मच्चाउनेहरुले आफ्नो अनुहार कहिले पनि पर्दामा देखाउँदैनन् । उनीहरुको नियत नै महिलाको चरित्र हत्या गर्ने हो। त्यसैलाई भनिन्छ दासी मानसिकता ।

    साथी समीक्षाले एउटा स्टाटस लेखिन – ‘लकडाउनले केटाहरुको कपाल र दाह्रीले रुप रंगै फेरियो होला ।’ त्यति लेख्ने वित्तिकै उनी अफलाइन भइन् । म केही छिन टोलाईरहेँ। मैले खिस्स हासेको रियाक्ट गरेँ । मैले त्यसलाई सामान्य रुपमा लिए आखिर समीक्षाको कुरामा आपत्ति जनाउने कुनै ठाउँ थिएन । हेर्दा हेर्दै वास्ताविक कुरालाई यसरी मजागमा उडाइयो । मानौँ केटाहरुको कपाल र दाह्री कहिल्यै बढ्दैन र काट्नु पनि पर्दैन किसिमको जवाफ फर्काए ।

    केटा साथीहरुको मुटुमा समीक्षाको स्टाटसले चट्याङ लाग्यो । कमेन्टमा पढ्दै गए नानाभात्ती भन्न मिल्ने नमिल्ने सबै भन्न भ्याए । त्यतिले पुगेन, फोटोशप गरेर महिलाको तस्बिरमा टन्न दाह्री उम्रेको तस्बिर पोष्ट गर्न भ्याए । ब्युटिपालर बन्द भएकोले सबै कुरुप भए, नराम्रा देखिए भन्दै सकिनसकी गुगलबाट अफ्रिकाका काला जाति महिलाहरुको तस्बिर पनि खोजेर ल्याई पोष्ट्याउन भ्याए।

    त्यतिले मानेन महिलाहरुको अब केहि काम छैन । उनीहरुको काम भनेको कुकुर बिरालोलाई चिरिच्याट्ट बनाउने बुढालाई खुसि पार्ने, अझ भनौँ मस्तिमा नै दिन बिताउँछन भन्ने कुतर्क समेत गर्न भ्याए । जसले जे सुकै भनेता पनि समग्रमा हाम्रो समाजको यथार्थ चेतना ज्ञान बौद्धिकताको स्तर छर्लंग पार्यो । ती साथीहरु जजसको क्षमताले जति भ्यायो, उति लेखे । यो त हाम्रो शिक्षा, चेतनाको स्तर र सबैभन्दा महत्वपूर्ण दृष्टिकोण कस्तो छ भनेर छर्लंग पार्यो ।

    केही महिला दिदिबहिनीले कमेन्टमा जवाफ फर्काए । बौलाह कुकुरलाई जिस्क्याउनुभन्दा तर्किनु जाति मानेर बोल्दा बोल्दै हराए । मैले काम गर्ने विदेशी कम्पनीमा विभिन्न देशबाट मानिसहरु आउथे तर सम्बन्धित देशको सेवासुविधा उचित नभएको कारण नेपाल, बंगलादेश, फिलिपिन्स, म्यान्मार ९बर्मा० लगायत अन्य देशका कामदारहरु जिटुजी सम्झौता नभई तोकेको श्रम सम्झौता कार्यन्वयन नभएसम्म नपठाउने निर्णय गर्यो । त्यस समयमा कम्पनी चलाउनै पर्यो । कम्पनीले चीनबाट महिला कामदाहरु हायर गर्यो। हामी सबै चकित पर्यौँ कसरी काम गर्छन महिलाले, प्रोडक्सनमा काम गाह्रो छ। कसैले अनुमान लगाउन सकेनन् ।

    भोलीपल्टबाट उनीहरु काममा आए । रोवर्टसँग चल्ने मेसिनहरुसँग आरामले इन्जोए गर्दै काम गरे। त्यो देखेर पुरुष कामदारहरुले जिब्रो टोके। पुरुषको भन्दा प्रोडक्ट टार्गेट हाई दिए । सोच्न बाध्य बनायो । जुन कम्पनिको व्यक्तिले उनीहरुले काम गर्छन् भनेर ल्यायो, उसलाई विश्वास थियो । मज्जाले काम गर्न सक्छन् ।

    सुरुआतमा विश्वास नगरेका सबैको अनुमान फेल खायो। लेडिजहरुले मज्जाले काम गरेर देखाई दिए। पुरुष जिल्ल परे। उनीहरुले भन्थे – केटाहरु त यहाँ धेरै रहेछन्, चीनमा सबै महिलाले नै मेसिनहरु ह्याण्डल गर्छन् । भेरी सिम्पल । उनीहरु कडा परिश्रम गरेर पनि फिटनेश सेन्टर जान्थे, अझ कसरत गर्ने शरिर बनाउने गर्थे ।

    चाइनिजहरुले कहिल्यै पनि यसले यो गर्न सक्छ र उसले सक्दैन भनेर अनुमान गर्दैनन्। तर हामी मानिसको शरिर हेरेर उसको क्षमताको मुल्यांकन गर्न खोज्छौँ । हामी चुकेको ठाउँ यहि हो ।हामी कसैले प्रयास गर्दैछ भने वाह ! ठिक छ, तैले यो काम गर्न सक्छस् भनेर थप हौसला दिनुको साँटो  -‘धत् तैले सक्दैनस् । हुँदै, हुँदैन।  यो तेरो विषय नै हैन। अब खतम भयो। सक्यो, त फसिस खेर गइस्, ‘ यस्तो किसिमको टिप्पनी गर्छौ । चाइनिजहरुले म सक्दिन भन्यो भने पनि ‘यू मस्ट ट्राई वन मोर टाईम’, मलाई विश्वास छ तैले यो काम गर्न सक्छस् प्रयास गर भन्छ।

    हामीले कहिल्यै पनि मानिसको मेहनतको कदर गर्न जानेनौँ । कहिले पनि तारिफ गर्न जानेनौँ । हामी सिर्फ असफलको पछि लागिरह्यौँ । अझै लागिरहेका छौँ ।

    त्यसकार आउनुस् सबै एउटा संकल्प गरौँ । नारी पुरुष समान भनेर सुँगा रटाई मात्र रट्ने होइन, व्यवहारमा लागू गरौँ । महिलाको अपमान गर्न छाडौँ, महिलाको कामको सम्मान गर्न सिकौँ ।पुरुषले जे जस्तो सुकै भाषाको प्रयोग गर्दा महिलाले कही पनि आपत्ति जनाउँदैनन् । तर महिलाले खुलेर दुई शब्द लेखे अथवा बोले काफी हुन्छ। जवाफ दिनेहरुको जत्था बटालियन नै खडा हुन्छ ।अनि निकै लामो समय विदेशीहरुसँग काम गर्दा मैले गरेको अनुभव, भाषाको प्रयोगमा कुनै त्यस्तो यो पुरुषले बोल्ने, यो महिलाले मात्र बोल्ने भन्ने पाइन । मानिस स्वभावैले रीस उठ्दा छाडा शैली प्रयोग गर्छन् ।

    विदेशी महिला पुरुष दुवैमा त्यो प्रवृति देखेँ । कसैले बोली हाले पनि सामान्य रुपमा लिने चलन देखेँ। हामी केटाहरुले जे बोले पनि हुन्छ। जसरी हुन्छ, जसरी नंग्याउँदा हुन्छ। तर महिलाले एक शब्द अलि चोटीलो दिए भने निदहराम हुन्छ। यो प्रवृति हटाउनु पर्छ। यसको लागि शिक्षित भनिने उच्च बौद्धिक वर्गबाट नै सुरुआत हुनुपर्छ ।

    यदि हामी महिलालाई उडाएको मन पराउछौँ भने आफ्नो दिदि, बाहिनी, भाउजु, बुहारी, आमा, हजुरआमालाई अन्य कसैले मजागमा उडाए हामी कस्तो अनुभुति गर्छौ ? त्यो बेला हाम्रो प्रतिक्रिया के हुन सक्छ र ? घामड शेरे फिल्मको गित कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीले गाएको ‘ए ससुरा बा मलाई साली मनपर्यो’ गित राम्ररी चल्यो । युट्यूब ट्रेन्डिङमा ४० लाख भन्दा बढीले भन्दा बढिले हेरेको छ । यसमा कसैको आपत्ति भएन । गित प्रायः सबैले सुनेका छन्, कति छमझम नाचेका पनि होलान्। मतलब नै छैन। जे छ ठिक छ भनिरहेका छन्।

    अब सबैको ध्यान गएको विवादित विषय : अहिले ठ्याक्कै उस्तै गित टिकटकमा भाइरल छ ‘ए ससुरा बा मलाई देवर मन पर्योे । जब यो गित सुनेँ, मैले कमेन्टमा सरर हेरेँ। घाँटीमा टाई सुट बाधेका बौद्धिक देखिनेहरुको कमेन्टले मेरो मन विक्षिप्त भयो । ‘ए ससुरा बा साली मनपर्यो’ गीत गाउदा शब्द हो गीत हो भन्नेले फेरि – ‘ए ससुरा बा मलाई देवर मनपर्यो भन्दा किन तुच्छ टिप्पणी र कुतर्क गर्छन्।

    उसो भए देवर मन पर्यो पनि आरामले सुनौँ न त। किन काउकुती लाग्छ त यो गित सुन्दा ? हामी पुरुषहरुको दासी मानसिकता अझै कायम छ। हामीले महिलासँग आम माफी माग्नु पर्छ। साच्चै मुल्यांकन गर्ने हो भने हामी माफी माग्न लायक पनि छैनौँ। हाम्रो गएको पुस्ताले महिलाहरुलाई चरम शोषण गरेको छ, अहिले हामीले पनि उही निरन्तरता पछ्याईरहेका छौँ । जरुर हामीले अब क्रमभंगता गर्नै पर्छ। हामीले साली मन पर्यो भन्दा महिलाहरुले आपत्ति जनाएका छैनन्, अब मलाई देवर मन पर्यो भन्दा हामीसँग दुई वटा मात्र उपाय छ। हामी चुपचाप गीत सुनौँ, महशुस गरौँ। हैन गीत सुन्न सकिन्न भने हामी महिलाहरुको आत्मसम्मानमा चोट पर्ने किसिमको कुनै पनि क्रियाकलाप नगरौँ।

    आज बाटै सुरुआत गरौँ, म आम नारीको आत्मसम्मानमा चोट पर्ने काम गर्दिनँ। यदि मैले त्यो रोक्न सकिन भने भोली मैले मेरी आमा, दिदि, बहिनी, छोरी माथी गरिएको त्यो व्यवहार सहने क्षमता राख्नु पर्छ। हैन सहन सकिन्न भने आम नारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गरौँ । गएको वर्षको तन्नेरी महिला अफिसरहरुको प्रेरणादायी कथा पढौँ। उनीहरुको मेहनतको कदर गरौँ। राष्ट्रपतिबाट दिने विभुषणमा महिला अफिसर अग्रस्थानमा छन् ।

    हामीले जरुर अब महिलाको सम्मान गर्नुपर्छ। उनीहरुको मेहनतको तारिफ गर्नुपर्छ। भाषाको विविधतालाई चिर्नु पर्छ। हामीले सुन्ने गरेका छौँ, सरकारी अफिसका महिला हाकिमलाई दिदि बहिनी, तर जुनियर स्टाफ पुरुषलाई ‘सर’। हामी यस्तै यस्तै सानासाना विषयमा चुकिरहेका छौँ। थाहा छैन हामीमा कुन तत्त्व छ जसका कारण महिलाको सफलतालाई स्वीकारर्न सकिरहेका छैनौँ । हामी भित्रको दम्भ, अहंकार, महिलालाई हेरिने दृष्टिकोण परिवर्तन गर्नुको विकल्प छैन ।

    जतिसम्म चल्यो, अब सबै पुराना थोत्रा भईसक्यो । हामीले निरन्तरतालाई रोक्नु पर्छ। त्योभन्दा अगाडि आम महिलालाई घरको सदस्यसँग दाँजेर हेर्नुपर्छ। पक्कै पनि सकरात्मक नतिजा पाईने छ। समानताको नारा मात्र हैन सबैले व्यवहारमा लागू गरौँ । महिला पुरुषको तुलना शरीरको कुनै अमुक अंगमा हैन, योग्यता, विचार, क्षमता, धैर्यता र सहनशीलतासँग तुलना गरौँ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार